Subscribe Us

आन्दोलनकारी द्धारा प्रहरी एसएसपीसहित चारको हत्या

काठमाडौं । थरुहट आन्दोनलका क्रममा कैलालीको तोरयिापुरमा थरुहटका कार्यकर्ताले राष्ट्रसेवक प्रहरीलाई जीउँदै जलाएर हत्या  गरेका छन् । 

झडपमा परी एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टरद्धय बलराम विष्ट, केशव बोहोरा र एसएसपीका सुरक्षा गार्डको समेत मृत्यु भएको खबर प्राप्त भएकोे छ। 

स्थानीय प्रशासनले लगातार चार दिनदेखि लगाउदै आएको कर्फयु र निषेधाज्ञा तोड्न खोज्दा आन्दोलनकारी संग भिडन्त भएको हो। क्षेत्रीय प्रशासन कार्यालय टीकापुरले पुनः कफ्र्यु लगाइसकेको छ ।

उग्र रुपमा अघि बढेको थरुहटका कार्यकर्ताहरुको आन्दोलन पुर्व नियोजित जस्तो देखिएको छ । आन्दोलनकारीले भाला, चक्कु, बन्चरो सहितका हतीयारको प्रयोग गर्दै प्रहरी अधिकारीकोे हत्या गरेको स्रोतले बताएको छ । कम्तीमा दश हजार प्रदर्शनकारी एकै पटक प्रहरीमाथि जाइलागेका थिए । 

प्रहरलिे संयमता अपनाउन आग्रह गर्दा पनि आन्दोलनकारीले प्रहरहिरुलाई समात्दै भाला र बन्चरो प्रहार गरेका थिए । निर्मम रुपमा प्रस्तुत भएका थरुहटका कार्यकर्ताले प्रहरीलाई जीउँदै जलाउने प्रयास समेत गरेका थिए ।


तोरीयापुर, दुर्गोली लगायतका स्थानमा अझै पदर्शनकारीहरुले प्रहरीमाथी लुकेर आक्रमण प्रयास गरिरहेका छन् । टीकापुरका स्थानीय संयमीत भएपनि केही व्यक्तिको उक्साहटमा राष्ट्रसेवकमाथी आक्रमण भएको बताइएको छ । घटनाको कैलालीका स्थानीयले नै निन्दा र भत्सर्ना गरेका छन् । कम्तिमा ३५ जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारी तर्फको अवस्था भने पत्ता लाग्न सकेको छैन ।

Post a Comment

0 Comments