Subscribe Us

यि हुन कन्सल्टेन्सीको नाममा मेनपाउरको धन्दा गर्ने महिला

काठमाडौं । पछिल्लो समय प्रहरी कार्यालयमा ठगीको उजुरी बढी नै दर्ता हुन थालेको छ । बिदेश पठाउने भन्दै आफूलाई ठगी गरेको उजुरी हातमा लिएर प्रहरी कार्यालय धाउनेको सख्यापनि दिनहुँजसो बढ्न थालेका छन् ।

 वर्किङ भिसामा थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको उजुरी लिएर गकुल क्षेत्री पनि केही दिन आगाडी महानगरीय अपराध महाशाखा टेकु पुगे ।  दि बेस्ट एजुकेशन कन्सल्ट्यान्सी संचालिका गायत्री वाग्लेले भाइल्याड पठाउँने नाममा
२ लाख ५० हजार ठगी गरेको उनको उजुरीमा उल्लेख छ ।

 उजुरीमाथी छाानबिन गर्दै अनुसन्धानको क्रममा महाशाखाको टोलीले  गायत्री वाग्लेलाईगायत्रीले ३ लाख ५० हजारमा थाईल्याण्डको वर्किङ भिसा उपलव्ध गराई दिनेभन्दै २ लाख ५० हजार लिएको प्रहरी अनुसन्धानबाट खुलासा भयो । क्षेत्री  थाइल्याण्ड पुगेर र काम नपाएको भन्दै २० दिनपछि नेपाल फर्किएका थिए । राम्रो कामको व्यवस्था मिलाई दिन्छु भनि वाग्लेले उनलाई फेरि थाइल्याण्ड पठाईएकी थिएन् । फेरि एक महिना काम नपाइ बसेपछि क्षेत्री नेपाल आएका थिए ।

आएर उनले आफू ठगिएको भन्दै प्रहरी समक्ष उजुरी हालेका थिए । वाग्लेलाई स्युचाटारबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा उक्त कन्सल्ट्यान्सी शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्श सेवाको लागि अनुमति समेत नलिएको  प्रहरी अनुसन्धानबाट खुलासा भयो ।
 

Post a Comment

0 Comments