Subscribe Us

मध्यरातमा मदिराले मात्तिदा ईन्सपेक्टरकोे रामधुलाई

चितवन । सरुवा भएको खुशीयालिमा अनियन्त्रित रुपमा मदिरा सेवन गरी मध्यरातमा मोटरसाईकलमा हिडिरहेका एक जोडीमाथि दुव्र्यवहार गर्दा एक ईन्सपेक्टरले टाउको फुट्ने गरी पिटाई खाएका छन् । 

घटना जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँटमा कार्यरत ईन्सपेक्टर टेकबहादुर कार्की, उनका सहयोगी ईन्सपेक्टरद्धय सुरज कार्की र मुकुन्द रिजालप्रति लक्षित गरी भएको हो । 

पोखरामा सरुवा भएका टेकबहादुर कार्कीले गत सुक्रवार बेलुका आफ्ना सहयोगीहरुलाई लिएर दासढुगांमा रमाईलो गरी फर्कदा भरतपूरस्थित मालपोत चोकमा घटना घटेको हो । रङगेलीमा युके होटल सञ्चालन गर्दै आएका राजकुमार गुरुङ एक युुवतीसहित मोटरसाईकलमा सवार गर्दै थिए । 

लगत्तै ईन्सपेक्टर कार्कीको टोलीले चेकचाँच भन्दै मालपोत चोकमा मोटरसाईकल रोकी गुरुङलाई तथानाम गाली गरेपछि हेलमेट निकालेर गुरुङले एक–एक गरी तिनै जनालाई प्रहार गरी फरार भएका थिए । प्रहरीले ति युवतीलाई लगेर कुटपिट गरेपछि  बल्ल गुरुङको नाम खुलेको थियो । हेलमेट प्रहारबाट ईन्सपेक्टर टेकबाहादुरकोे टाउकोमा चोट लागेको छ भने, मुखमा तिनवटा टाँका लगाईएको छ । 

उनी हाल पोखरा गइसकेका छन् भने आफुलाई सिघम ईन्सपेक्टर ठान्ने रिजालले गुरुङको खोजी तिब्र पारेका छन् । हालैमात्र ईलाका प्रहरी कार्यालय टाँडीबाट तानेर एसपी सहकुल थापाले रिजाललाई घुमुवाकोे ईच्चार्ज बनाएका छन् । तर चितवन आएपछि गुण्डाका नाईकेहरुसँग सम्बन्ध बिस्तार गर्न रिजाल लागि परेको प्रहरीमा चर्चा छ ।

Post a Comment

0 Comments