Subscribe Us

सर्बसाधारण ठग्ने सहकारीका तिन सञ्चालक पक्राउ

काठमाडौँ । सर्बसाधारणको २६ लाख रुपैयाँ ठगी गरी फरार भएको सहकारीका तिन सञ्चालक पक्राउ परेका छन् । सहकारीमा निक्षेपकर्ताले बचत गरेको २६ लाख रुपैयाँ बोकी फरार रहेका नेप्च्युन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका तिन सञ्चालकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा ईन्द्रजित केसी, गोविन्द कुँवर र विनोद सेन रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई प्रहरीले धापासीबाट पक्राउ गरी सहकारी ठगी सम्बन्धी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ । सञ्चालकहरुले निक्षेपकर्ताको पैसा नदिई भागेर हिँडेका थिए ।

उनीहरुले भक्तपुर घलाँछे स्थायी घर भई डिल्लीबजार बस्दै आएका हरिप्रिया प्रधानांगलाई आकर्षक ब्याज दिने लोभमा २६ माघ ०६६ मा २६ लाख रुपैयाँ निक्षेप गर्न लगाएका थिए । पछि रकम झिक्न जाँदा सहकारीमा समस्या परेको भन्दै विभिन्न बहाना बनाई आलटाल गर्दै आएपछि प्रधानांगले ताकेता गर्दा ०६८ मा २२ लाख रुपैयाँको चेक हातमा थमाएका थिए ।चेक साट्न जाँदा बैंकमा पर्र्याप्त रकम नभएपश्चात पुनः सञ्चालककहाँ जाँदा उनीहरु भागेर सम्पर्कविहीन भएका थिए । आफू ठगिएको थाहा पाएपछि प्रधानांगले अपराध महाशाखा पुगेका थिए ।

Post a Comment

0 Comments