Subscribe Us

पाँच तारे रिसोर्टले काँचो मासु खुवाएपछि पोखरामा बबाल

– यदुनाथ बञ्जारा, पोखरा । उपभोक्ता मञ्च कास्कीका सचिव राजुराज अधिकारीले आफ्नो भागमा हालेको कुखुराको मासु काचै पाएपछि दिगमिग माने र खान नै छोडेर उठेको बताए । टेबलबाट उठेर सिधै हाम्रो सम्पर्कमा आएका उनले खानाको गुणस्तर नाम चलेको रिसोटमा समेत गिरेको बारेमा  हामिसँग भलाकुसारी गर्न थाले ।  हाम्रै टेबलमा रहेका समितिकै अग्रज एक जना व्यवसायीको प्लेटमा भएको मासु पनि भित्र पुरै भाग काँचै रहेको पाइएपछि उनले पनि खाँदा खादैको खाना आधा छाडेर उठे । उनले हाफ्नो नाम गोप्य राखिदिन अनुरोध गर्दै भने “यस्तो झुर खाना अहिलेसम्म खाइएको थिएन ।”
 यि दुई जना पात्र मात्र हैनन् कार्यक्रममा सहभागी दर्जनौ सहभागीहरुलाई हामीले सोध्यौ खाना कस्तो लाग्यो ? अधिकाँशले जवाफ दिए “कमशल र स्वाद विहिन” यो पंक्तिकार स्वयम् पनि उक्त कार्यक्रमको प्रत्यक्ष साक्षी हो । जसले यति न्यून गुणस्तरको खाना सायदै खाएको थिईन् होला ।

    पाठक बृन्द जाबो एक छाक खानाको कुरा के गरेको होला भन्ने सोच्नुभयो होला तर यो प्रसंग महत्वपूर्ण होटलको भएकोले उल्लेख्य बन्यो । हो पोखराको एकमात्र पाँच तारे होटल फूलबारी रिसोर्ट एण्ड स्पाको चर्तिकला थियो त्यो । सामान्य होटल होइन फूलबारी होटल । अमात्य समूहको समेत लगानी रहेको अन्तराष्ट्रिय स्तरको भनिने “दि फूलबारी होटल एण्ड स्पा” ले पाहुनाको नाकै खुम्चने गरि गुणस्तरहिन र काँचो मासु खुवाउँछ भन्ने पक्कै पनि जबर्जस्ती ढंगले राम्रो भनेर फोस्रो तारिफ गर्नु निरिहता मात्र हुनेछ ।

    कार्यक्रममा सहभागी एक महिला सहभागीले यस्तो थर्ड क्लास खानाको मूल्य घटाउनैपर्ने तर्फ आयोजक एक सदस्यलाई खबरदारी गर्दा पोखरा बस समितिका एक पदाधिकारी खै हाम्लाई त राम्रै थियो भन्दै तर्किएको दृश्य पनि टिठ लाग्दो थियो ।

    यो प्रसंग सबैतिरबाट उत्तिकै महत्वपूर्ण रहेको थियो । पोखराको एकमात्र ब्राण्ड स्थापित गर्न सफल सिटी बस सेवा पोखरा बस व्यवसाय समितिको २३ औं वार्षिक साधारण सभा स्थल थियो, फूलबारी होटल । कार्यक्रमका प्रमुख अतिथि थिए, कास्की जिल्लाका सिडिओ कृष्ण बहादुर राउत । होटल पनि अब्बल आयोजक पति अब्बल, अतिथि पनि अब्बल तर खाना “कमसल” ।

    पोखरा बस व्यवसाय समितिले आफ्नो २३ औं वर्षगाँठ राम्रै तुल्याउन पाँचतारे होटल फूलबारी रिसोर्टलाई चयन ग¥यो । प्रति प्लेट खाना ८७५ खर्च गरेको समति स्रोतले बतायो । “सामान्य खाना, काँचो रोटी र अधकल्चो उसिनेको कुखुराको मासुको परिकारको ८७५ रुपैया यो त अति भयो ।” समितिकै व्यवसायीहरु आलोचना गर्दै हिँडेका भेटिन्थे ।

    कास्कीका सिडिओ कृष्ण बहादुर राउत उपस्थित कार्यक्रमको खानाको यो हालत उपभोक्ता मञ्च कास्कीका सचिव राजुराज अधिकारीले दुखी हुँदै प्रश्न तेस्र्याए, साँच्चै हो ? फूलबारी होटलको खानाको गुणस्तर नराम्रोसँग खस्केछ । अब त्यहा कार्यक्रममा  जाँदा टिफिनमा खाना घरबाटै लगे राम्रो हुने अवस्था श्रावण २२ गतेको अवस्थाले चित्रण गराएको छ ।

    हुन त, खस्कदो पर्यटकन व्यवसायले व्यवसायी धराप परिरहेको बेलामा यस्तो टिप्पणी गर्नु नहुने थियो तर जनस्वास्थ्य भन्दा ठूलो व्यवसाय हुन सक्दैन । तसर्थ आँखाले देखेको र आफैले भोगेको तितो सत्य उजागर गर्नु पनि हाम्रो पेशागत धर्म हो भन्ने सम्झेर कलम चलाउनु हाम्रो कर्तव्य हो ।

    आयोजकहरुले पनि कार्यक्रम गर्दा गुणस्तरमा प्रतिवद्ध गराउनु जरुरी छ । खर्च गर्नु भव्य सभ्य तुल्याउनु खोज्नु राम्रो भए पनि किमत अनुसारको उपलब्धी हासिल गर्नुपनि महत्वपूर्ण पक्ष हुन्छ । साथै नाम चलेको तारे होटलले पाहुना अनुसारको परिकार दिन सम्झौता गर्नु हुन्न ।

Post a Comment

0 Comments