Subscribe Us

यि हुन व्यापारको नाउँमा लुट्न खोलिएका ठमेलका डिस्को र डान्सबार

काठमाडौं । के तपाई मनोरन्जनका लागी डिस्को र डान्सबारमा जाने बिचार गर्नु भएको छ ? यदि तपाई डान्सबार र डिस्कोमा जादै हुनुहुन्छ भने बिचार गर्नु होला कतै तपाई लुटीदै त हुनुहुन्न । तपाईलाई बाटोमै कसैले बिभिन्न प्रलोभन देखाई डान्सबारमा लैजान खोजेको खण्डमा सर्तक हुनु होला, ति दलाल हुन ।

 तपाईलाई रेष्टुरेन्टमा पु¥याए ति दलालले तपाईले तिरेको बिलबाट कमिशन लिने गर्छन । काठमाडौं र ललितपूरका बिभिन्न ठाउँमा खोलीएका यस्ता रेष्टुरेन्टमा व्यापारको नाउँमा दलाल परिचालन गरेर सञ्चालकले धन्दा चलाउँदै आएका छन् । 

 व्यापार गर्ने नाउँमा ठमेलका केही डान्सबारमा समेत सञ्चालकले ग्राहकलाई लुट्न थालेका छन् । रेष्टुरेन्टमा आउँने ग्राहकलाई सञ्चालकले खाँदै नखाएको समानको मूल्यसमेत बिलमा जोडेर जबरजस्ती पैसा असुल्दै आएकोे प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । गत साता यसरी ठग्ने केही डान्सबारमा महानगरीय आयुक्त कार्यालयको बिषेश टोलीले छापामारी केही सञ्चालकलाई पक्राउ गरेको थियो ।


 आयुक्त कार्यालयले बिना जानकारी आफ्नो क्षेत्रमा छापा मारेको भन्दै केही बृत्तका डीएसपी र महानगरीय प्रहरी परिसर टेकुले असन्तुष्टि जनाएको स्रोत बताउँछ । आयुक्त कार्यालयका डीएसपी राजकुमार सिलवालको टोलीले चाबहिलको ‘यु क्यान सि’ दरबारमामार्ग स्थित उडल्याड होटलमा सञ्चालित रेन्टुेरेन्ट ब्लाकआवट, ठमेलको डिस्को वएमजी लगाएतमा छापा मारेको थियो । तर नियन्त्रण भने गर्न सकेको छैन ।

 स्रोतका अनुसार ठमेलका अधिकांश डान्सबार र डिस्कोमा व्यापारकोे नाउँमा धन्दा हुँदै आएपनि सम्बन्धीत प्रहरीले वास्ता गरेको छैन् । ठमेलको ज्याठामा बिगत १५ बर्षदेखी सञ्चालित चाहाना रेष्टुरेन्टमा ग्राहक लुट्ने थालिएको स्रोत बताउँछ । कुनै समय ठमेलमा राम्रो र स्तरीय रेष्टुरेन्टको नामले चिनेनी चाहाना रेष्टुरेन्ट अहिले राम तमाङले सञ्चालन गर्दै आएका छन् । तमाङले चलाउँन थालेपछि उक्त रेष्टुरेन्टमा व्यापारको नाउँमा धन्दा सुरु गरेको ठमेलका अन्य व्यापारी बताउँछन् ।

तेस्तै ठमेल भगवतीबाल स्थित सानु लामाले सञ्चालन गरेको मिर्ची रेष्टुरेन्टमा पनि ग्राहक लुट्ने धन्दा फस्टाउँदै आएको स्रोतको दाबी छ । नरसिंहचोेकमा रहेको रेष्टुरेन्ट ताजलगाएतका रेष्टुरेन्टले खाँदै नखाएको बिल उठाई ग्राहक लुट्दै आएको स्रोत बताउँछ । 

Post a Comment

0 Comments