Subscribe Us

हत्या आरोपमा कांग्रेस नेता लामिछाने पक्राउ,
योजनाकार र संलग्न दुवैलाई नछाड्ने प्रहरीको चेतावनी

पोखरा। नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल ’बादल’को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई शनिबार पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले लामिछानेलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

’हत्यामा संलग्न भएको आशंकामा हामीले लामिछानेलाइ पोखराबाट पक्राउ गरेका हौ’ उनले भने,’ परिवारले पनि किटानी जाहेरी दिएपछि पक्राउ गरेका हौ ।’ प्रहरीले लेखनाथ–१६ का इकाइ सभापति राजु रानाभाट शुक्रबार नै पक्राउ गरेको थियो । हत्यामा संलग्न अरु तीनजना फरार रहेको उनले बताए । फरार व्यक्तिको खोजि भईरहको एसपी पालले जानकारी दिए ।

डन न्युज नेशनल डेली's photo. दुई पक्षबीच भएको खटपटलाई मिलाउन बैठकमा सहभागी भएर फर्किरहेका बेला आफ्नै कार्यकर्ताले बिहीबार राती पौडेलको कुटेर हत्या गरेका थिए । तरुण दलका विश्वास गौतम, प्रकाश गुरुङसहितको समूहले उनीमाथि रड, चिर्पट प्रहार गरी हत्या गरेको हो ।


यसैबीच कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुले शनिबार स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरे । पौडेलको शव कास्की कांग्रेस पार्टी कार्यालयमा लगिएको थियो । त्यहाँ देउवा, सिंहले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । पूर्व सभामुख तारानाथ रानाभाट, कांग्रेस नेता गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, सिंचाई मन्त्री एनपी साउदलगायतका नेता तथा सभासद्हरु पनि अन्तिम श्रद्धाञ्जलीमा सहभागी भए ।

यसैबीच कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री प्रकाशमान सिंह लगायतका कांग्रेस नेता मृतक बादललाई श्रद्धाञ्जली दिन शनिबार पोखरा आएका थिए । पौडेलको शव पार्टी कार्यालयमा राखिएको थियो । उनीहरु परिवारलाई भेट्न लेखनाथस्थित घरमा समेत पुगेका थिए । परिवारलाई भेटेर आएर श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि लगिएको थियो ।

बरिष्ठ नेता देउवाले ‘बादल’को हत्या हुनु आफ्ना लागि दाहिने हात भाच्चिए सरह भएको बताए । ’हत्याले नेपाली काँग्रेसलाई ठूलो क्षती भएको छ’ उनले भने, ‘मेरो त दायाँ हात नै भाचिए सरह भयो ।’ इमान्दार र काममा कर्तव्यनिष्ठ कार्यकर्ताको हत्याबाट मर्माहीत भएको उनले बताए । नेता देउवाले आपराधीलाई कुनै पनि हालतमा कारवाहि गराइ छाड्ने प्रतिवद्धता जनाए । महामन्त्री सिंहले पौडेलका हत्यामा संलग्न र योजनाकारलाई कुनैपनि हालतमा नछाड्ने बताए ।

भदौ तेश्रो साता हुने भनिएको कांग्रेस लेखनाथ नगर अधिवेशनमा सभापतिका लागि नारायण तिवारी र वर्तमान सभापति राजेन्द्रमणि लामिछानेको चर्चा थियो । लामिछानेका तर्फबाट युवाहरुले केही दिन अघि तालचोकमा तिवारीमाथि कुटपिट गरेका थिए । झडपका बेला दुइ पक्षलाई छुट्याएका बादललाई त्यहि आधारमा रिसिबी साँधेर हत्या गरेको आफन्तको भनाइ छ ।

Post a Comment

0 Comments