Subscribe Us

सुन भन्दै जलप लगाएको धातु बेचेर एपेक्स बैंकमा पैसा

काठमाडौँ । डलर देखाएर ठगी गर्ने धन्दाको पर्दाफास भएपछि अहिले सुनको नाममा ठगी गर्ने धन्दा राजधानीमा फस्टाउन थालेको छ । यस्ता धन्दामा सक्रिय एक दर्जन भन्दा बढीलाई प्रहरीले नियन्त्रमा लिएपनि निर्मुल भने हुन सकेको छैन । सुन भनेर पहँेले धातु धितो राखी ठगी गर्ने एक गिरोहलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरी मंगलवार सार्बजनिक गरेको छ । 

ठगीमा संगल्न काभ्रेपलान्चोक कानपुर गाविस–६ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो बस्ने २९ वर्षीया अञ्जना तामाङ भन्ने लक्ष्मी लामा र ताप्लेजुङ जिल्ला फाकुम्बा गाविस–६ घर भई हाल सोही ठाउँ बस्ने ४२ वर्षीय कर्णध्वज लिम्बुलाई महाशाखाले पक्राउ गरेको छ । पक्राउ परेका लामा र लिम्बुले

काठमाडौँ कोटेश्वर बस्ने लक्ष्मण खड्कालाई फोन गरी चिनजान गरी बिल नभएको सुन रु. २५ हजारमा बिक्री गर्छु भनी रु. पाँच लाख ५० हजारमा पहेँलो धातु बिक्री सुन भन्दै बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

पछि उक्त पहेँलो धातु शङ्का लागी परीक्षण गराउँदा नक्कली रहेछ र आफू ठगिएको रहेछु भनी जानकारी पाउनासाथ पीडित खड्काले महाशाखामा निवेदन दिएकामा अभियुक्तले प्रयोग गरेको मोबाइल नम्बर र हुलियाको आधारमा महाशाखाबाट खटिएको टोलीले ठगी कार्यमा संलग्न ती दुई व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।

काठमाडौँ जमलबाट उनीहरुले प्रयोग गरेको बा. ६९ प.८६१ नं.को स्कुटरसहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा निज लक्ष्मी लामाले ठगी गरेको रकम एपेक्स विकास बैंकमा खाता खोली राखेको र ठगी गरेको रकममध्ये रु तीन लाख आपूmले लिई उक्त बैङ्कमा भएको खातामा राखेकोे खोल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments