Subscribe Us

बन्दमा बैसठ्ठी कार्यकर्ता पक्राउ, बन्दकर्ताले काँहा के–के गरे ?

काठमाडौँ । नेकपा–माओवादी (वैद्य पक्ष) लगायत ३३ राजनीतिक दलले मस्यौदा संविधानप्रति आपत्ति जनाउँदै आव्हान गरेको नेपाल बन्दका क्रममा आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ६२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँः बन्दको क्रममा धापासी हाइटमा बिहान ०६ः४५ बजे ढुङ्गा प्रहारबाट बा १ ख ८८४५ नंको माइक्रोबसको सिसा र एयरपोर्ट गेट अगाडि बा १ ख ५६०२ नंको बसको सिसा फुटेको छ । बन्दको क्रममा काठमाडाँैका विभिन्न स्थानहरूबाट ५३ जना पुरुष र ४ जना महिला गरी ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । 

झापाः बन्दकै क्रममा बिहान ०४ः ५० बजे भद्रपुर नगरपालिका­१४ स्थित पेट्रोल पम्प छेउमा बिर्तामोडबाट कोइला बोकी भद्रपुरतर्फ जाँदै गरेको ना २ ख ८३६१ नंको ट्रकलाई २ जना अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई फरार भएका छन् । साथै मोरङ्ग टंकी­४ स्थित गङ्गा चोकमा सङ्घीय समाजवादी फोरमका भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरः बन्दको क्रममा ढुङ्गा प्रहारबाट आइतबार बिहान ०४ः१५ बजे मकवानपुर हेटौँडा उपनगरपालिका–१० स्थित राजमार्गमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ६६६४, ना ४ ख ४८८७ र ना २ ख १२७९ नंको ट्रकमा र सोही स्थानको राम मन्दिरमा रोकी राखिएको ना ३ ख ६५४८ नं र अर्काे एउटा ट्रकसमेत गरी ५ वटा ट्रकको सिसा फुटेको छ । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेः बन्दकै क्रममा बिहान ०१ः५० बजे कोहलपुर नगरपालिका­१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जाँदै गरेको ना २ च १३१७ नंको नागरिक दैनिक पत्रिकाको जिपलाई अपरिचित ४÷५ जनाको समूहले ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षति भएको छ । ढुङ्गा प्रहार गर्ने व्यक्तिहरू फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

Post a Comment

0 Comments