Subscribe Us

रक्तचन्दनका तस्करी बस्नेत कसरी बने डन घैंटेका सहयोगी ?

काठमाडौं । गुण्डाका नाईके कुमार श्रेष्ठ उफ घैंटे प्रहरी ईन्काउन्टरमा मारिएपछि उनका केही सहयोगी गुप्तवास भएका छन् । कहलिएका डन कोही गाँउ फर्कन थालेका छन् भने, कोही बिदेशीएका छन् । गुण्डागर्दी बिरुद्ध अप्रेशन सुरु गरेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले कुनैपनि हालतमा गुण्डागर्दी  निर्मुल पार्ने रणनीति लिएको छ । 

महाशाखाले घैंटे ईन्काउन्टरमा अन्य डनसँगै घैंटेका सहयोगीको समेत खोजी सुरु गरेको छ । घैंटेका सहयोगीको खोजी गर्ने क्रममा महाशाखाले अबैध रक्तचन्दको तस्करी गर्ने दोलखाका अभिमानसिंह बस्नेत समेत घैंटेको आडमा पेप्सीकोेला,भक्तपूर, मैतीदेबी र दरवारमार्गमामा गुण्डागर्दी गर्ने गरेको सुचना पाप्त गरेको स्रोतले बताएको छ ।

 पेप्सीकोेलालाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा सक्रिय बस्नेतले भक्तपूरमासमेत घैंटेको आडमा असुली धन्दा चलाउँदै आएको स्थाईनियले बताएका छन् । नगर बिकासले गरेको जग्गा प्लानिङमा समेत बस्नेतले सामन सप्लाई गर्ने व्यापारीसँग कमिशन लिने गरेका छन् । 

अबैध रक्तचन्दनको तस्करीसमेत गर्दै आएका बस्नेतले पछिल्लो समय घैंटेको ग्यामा सामेल भएको स्रोत बताउँछ । काभ्रेली समुहकोे आडमा गुण्डागर्दी गर्दै आएका बस्नेत गत बर्ष प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीका बडी गाडसमेत रहेको गुुण्डा सर्कलमा चर्चा छ । आडमा गुण्डागर्दीको सुरुवात गरेका हुन । बस्नेतको समुहले राजधानीका एक दर्जन अपराधमा संगल्न रहेको प्रहरी रकेडले देखाउँछ । पाट्नरसीपकोे रक्तचन्दनसमेत बस्नेतले चोरी भयो भन्दै खासा पुर्याएका थिए ।
  काभ्रेली समुहको नाममा गुण्डागर्दी, हप्ता असुली र फिरौती असुल्दै आएका अभिमान २०५७ सालमा डिल्लीबजारको बाटुले घर अगाडी नरेश बुढाथोकीको हत्याका मुख्य योजनाकार हुन् । तर उनले आफ्नो नाम कृतन नभए अभिमान भएको झुण्टा प्रमाण अदालतमा पेश गरी सफाई पाउन सफल भएका थिए ।

 बस्नेतले अहिले भक्तपूरका अबैध बालुवा खानीबाट कमिशन असुल्ने देखी ठेक्का पट्टामा समेत हालीमुहाली गर्दै आएका छन् । डन सगुन श्रेष्ठ वान्टेड र जेल चलान भएदेखी बस्नेत र भक्तपूरका अर्का डन सरोज थापालाई अपुताली परेको छ । महाशाखाका एसएसपी सबेन्द्र खनालले कुनै बहानामा गुण्डागर्दी गर्नेलाई कानूनको दायरामा ल्याई छाड्ने बताए । उनले भने, शहरलाई गुण्डागर्दी रहित बनाउने हाम्रो अभियान हो । यो अभियानमा कुनैपनि सम्झौता हुँदैन ।



Post a Comment

0 Comments