Subscribe Us

यसरी भयो राजधानीका पाँच डनको दुःखद अन्त्य, कोही ईन्काउन्टरमा परे कोही ग्याङ फाइट सकिए

काठमाडौं । जस्तो बिरुवा रोप्योे, फल उस्तै फल्ने हो । बिषादी रुखले अमृत पक्कै दिन्न । आपराधिक पृष्ठभूमिबाट गुर्जिएका व्यक्तिको अन्त्य पनि आपराधिक तरिकाबाट नै समाप्त हुन्छ भन्ने पछिल्लो उदाहरणबाट पुष्टि भएको छ । 

अरुलाई गोली हान्ने, खुकुरी प्रहार गर्नेको अन्त्य पनि सोही किसिमबाट हुन्छ भन्ने एक दर्जन उदाहरण फेला परेको छ ।

 राजधानीमा आफूलाई ठूला डन भन्न रुचाउने कुमार श्रेष्ठ उर्फ  घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । त्यस्तै एक बर्ष अगाडी चरीका नामले चित्रण गरिएका डन दिनेश अधिकारीको पनि सोही तरिकाबाट प्रहरी इन्काउन्टर भयो ।


यी दुवै डनले सर्वसाधारण तथा ब्यापारीलाई हतियार देखाएर तर्साउने, असुली गर्ने मात्र गरेनन, कतिलाई जिउँदै मरे सरह बनाए । अहिले तीनै डनको पनि हतिायरकै कारण अकालमा मृत्यु भएको छ । त्यस्तै अरुलाई धम्क्याउने तथा हतियार प्रहार गरेकै कारण डन बन्ने पथमा रहेकै बेला राजधानीका कुख्यात डन मिलन चक्रेको विशेष सहयोगी यावद डंगोलको धापासी नजिक हत्या भएको थियो ।

 त्यसैगरी बेविलोन डिस्कोका तत्कालिन सञ्चालक राकेश लिम्बु र बानेश्वरका डन महेन्द्र खड्काको समेत खुकुरी प्रहारबाट अकालमै मृत्यु भएको इतिहास घाम जतिकै छर्लङग छ । लिम्बुका हत्यारा सजाँय काटेर छुटिसकेका छन् । 

यि पाँचै जना डन हतियार खेलाएर हुर्किएका हुन् । यद्यपी यिनीहरुको मृत्युवरण समेत हतियारकै कारण भएको छ । अहिलेसम्म नेपाल प्रहरीको इन्काउन्टरमा डनद्धय चरी र घैंटेको मृत्यु भएको हो भने गुण्डागर्दी, डनगिरी गरेकै कारण आफू आफै लडेर लिम्बु, खड्का र डंगोलको मृत्यु भइसकेको छ ।

 डन डन लडेर, खुकुरी खाने तथा गोली खाँदा पनि बाँच्ने डनहरुको सूची पनि लामै छ । जे भएपनि अहिलेसम्म राजधानीका पाँच डन कुख्यात डनहरुको मृत्यु भइसकेको छ । गत बिहीवार शर्च अभियानमा खटिएका प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा घैंटे मारिए भने एक बर्ष अघि चरी मारिए । 

अर्का आपराधिक समूहका राधे भण्डारीलाई खुकुरी प्रहार गरेपछि फरार चरीलाई प्रहरीले पिछा गर्दै जाँदा हतियार चलाएपछि गोलढुङमा इन्काउन्टर भएको प्रहरीले बताउँदै आएको छ । डनहरुबीच टेण्डरको कमिशनलाई लिएर बानेश्वरका महिन्द्र खड्कालाई आफ्नै समूहले मारेका थिए । 

 खड्कालाई  उनको समूहले छुरा रोपेर मारेको थियो । खड्काको एभरेष्ट होटलमा रहेको ग्यालेक्सी डिस्कोमा २०६० मा खड्काको हत्या भएको थियो । 

युबतीको बिषयमा बिबाद हुँदा एकताका ललितपुर र सुनधारा क्षेत्रमा डन कहलिएका राकेश लिम्बुले ज्यान गुमाउनु परेको थियो । फोनबाट झगडा गरी डन राजु गोर्खालीले सञ्चालन गरेको डिस्को रोयलमा तरबार लिएर गएका लिम्बुलाई गोर्खाली र उनको समूहले हत्या गरेको थियो । जेलमा सजाँय काटेर आएपनि गोर्खाली अहिलेसम्म सुध्रिएका छैनन् । 

आफ्नो क्षेत्रमा डनगिरी कायमै राखेका छन् भने पछिल्लो समयमा महानगरीय आयुक्तको कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्मासँग सम्वन्ध गाँसेर सुनको तस्करी गर्दै आएका छन् । गोर्खालीले अहिले पनि बल प्रयोग गरेर चावहिलमा रहेको केएल टावरको अण्डरग्राउण्ड पार्किङको पैसा उठाउने जिम्मा लिएका छन् । 

 जहाँ बाट चक्र्रो असुली हुने गरेको छ भने सँगै रहेको भाटभाटनी सुपरमार्केटमा पार्किङ निःशुल्क गरिएको छ । पैसाकै भागवण्डाको विषयलाई लिएर मिलन गुरुङ उर्फ चक्रेले यादव डंगोलको हत्या गरेका थिए । अरुको हत्या गर्ने, महिनावारी असुल्ने, धम्क्याउने, फिरौती माग्ने तिनै डन चक्रेलाई समेत खुकुरी प्रहार हुँदा हात नै गुमाउनु प¥यो । चक्रेको पछि जोडिएको हात सुक्दै गएर अहिले नचल्ने अबस्थामा पुगेको छ  ।

Post a Comment

0 Comments