Subscribe Us

भारतिय मूलका अपहरणकारी पक्राउ

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपूरले अपहरणमा संगल्न एक भारतियलाई पक्राउ गरेको छ । भारतीय दुतावासमार्फत लाईसेन्स नबिकरण गर्दिने भन्दै धनगढी नगरपालिका–७ बस्ने महेश पटेल र उनको काका वालु पटेललाई अपहरण गर्ने भारतिय नागरीक –१६ बस्ने रवि बेलडियालाई पक्राउ गरेको हो । 

बलेडियाले महेश पटेलको भारतीय लाइसेन्स नवीकरण भारतीय दूतावासबाट गरिदिने भनि पटेलद्धयलाई काठमाडौंको गोङ्गबुमा बोलाएर अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । अपहरण पश्चात उनीहरूलाई गत चैत १३ देखि १५ गतेसम्म आफ्नै कोठामा बन्धक बनाएर बेलडियाले फिरौती रकम लिएर छाडिएको प्रहरीले जनाएको छ । उनले पटेलद्धयबाट तीन लाख २० हजार रुपैयाँ असुलेका थिए ।

 अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने बेलडिया महालक्ष्मी नगरपालिका–१६ बस्दै आएका थिए । उनलाई परिसरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । उनको घर भारतको गुजरात  भएको प्रहरीले जनाएको छ । अभियुक्त बेलडियालाई ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको परिसरले बताएको छ ।

Post a Comment

0 Comments