Subscribe Us

गुण्डा ईन्काउन्टर पछि चितवनका एसपी थापालाई फाईदै फाईदा

चितवन। पछिल्लोे समय प्रहरी गुण्डामाथी आक्रमक रुपमा प्रस्तुत हुन थालेका छ । देशमा गुण्डागर्दीले जरो गाडेको भन्दै त्यसलाई निर्मुल पार्ने अभियानमा प्रहरी संगठन लागी परेको छ । प्रहरीमाथी आक्रमण गर्न पछि नपर्ने राजधानीमा कहलिएका दुई गुण्डा नाईके प्रहरी ईन्काउटरमै मारिएका छन् । गत बर्ष दिनेश अधिकारी चरीको ईन्काउन्टरमा मृत्यु भयो भने गत साता घैंटे नामले कुख्यात कुमार श्रेष्ठको । 

समाजलाई गुण्डाको त्रासबाट मुक्त बनाउन केही प्रहरी जागिर र ज्यानको प्रभा नगरी गुण्डा निर्मुल पार्ने अभियानमा लागेका छन् । कोही भने त्यसको फाईदा उठाउँदै गुण्डासँग ठूलै सम्झौता गर्न थालेका छन् । राजधानी पछि ठूलो गुण्डागर्दी हुने क्षेत्रमा चितवन चिनिन्छ । चितवन जिल्लाको भरतपूर र नारायणघाट डनहरुको हव बन्दै गएको छ ।

 राजनीतिक संरक्षणका कारण जिल्लामा व्यापाक गुण्डागर्दी फस्टाएकोे छ । दुई बर्ष अगाडीका एसपी प्रद्युन कार्कीले यस्ता गुण्डागर्दीलाई निर्मुलको प्रयास गरेका थिए । उनि चितवनमा रहदा कुनै गुण्डाका नाईके भने उनको ढोकामा आउन सकेन् । तर जिल्लामा एसपी सहकुल थापाको सरुवासँगै गुण्डागर्दी फस्टाएको व्यापारीहरु बताउँछन् ।  कांग्रेस, एमाले, एमाओवादी लगायत पार्टीको आडमा गुण्डाहरुले मोटो रकम कमाउदै र प्रहरीलाई बुझाउँदै आएका छन् । प्रहरी र गुण्डाको यस्तो सम्बन्धले  जिल्लाका सर्वसाधरण र व्यापारीहरु त्रसित छन् ।

स्रोतका अनुसार गोप्य रुपमा गुण्डाका नाइकेहरुसँग एसपी थापा र उनका घुमुवा टोलीले रकम असुल्दै आएका छन् ।   काम देखाउन केही गुण्डाहरुलाई पक्राउ गरेको नाटक गरेपनि उक्त पक्राउ सेटिङमा हुने गरेको त्याहा कार्यरत प्रहरी नै बताउँछन् । प्रहरी स्रोत भन्छ अधिकांश प्रहरीकै संरक्षणमा एसपी थापाले असुली धन्दा चलाउदै आएका छन् । पक्राउ अगाडि ठूलै मोष्ट वान्टेड झै हल्ला फिजाउँने पक्राउ परेपछि सञ्चार माध्यमा ठूलै गुण्डा पक्राउ गरेको समाचार लेखाउने तर अपराध केही नभएपछि सार्बजनिक मुद्दा लगाएर साता दिनमै चोख्याउने काम चितवन प्रहरीमा हुने गरेको छ । 

गत महिना मोष्ट वान्टेड भन्दै चितवनबाट पोखरा पुगेर पक्राउ गरिएका कुख्यात गुण्डा यम बहादुर कार्की भन्ने कान्छीलाई एसपी थापाले ठूलै रकम असुलेर सार्बजनिक मुद्दा लगाएर चोख्याएका थिए । उनलाई प्रहरीले लागूऔषधमा फसाउँछ भन्ने ठूलो डर थियो । स्रोतका अनुसार उनले लागूऔंषधमा नफसाउनको लागि ठूलै रकमको चलखेल गरेको उनि निकट स्रोत बताउँछ ।

 चितवनका अस्पतालबाट मासिक असुल्ने  नीतु राईलाई पनि एसपी थापाले गोप्य सेटिङ मिलाएर सार्बजनिक मुद्दा लगाइ चोख्याउने गरेका छन् । नारायणी सामुदायिक अस्पतालमा एक विरामीको मृत्युलाई लिएर १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा चितवन प्रहरीले दुई महिना अघि राईलाई पक्राउ गरेको थियो । राईले अस्पतालका सञ्चालकसँग २५ लाख रकम बार्गेनिङ गरी लिएका थिए । तर पीडितलाई भने नौ लाख रुपैयाँ मात्र दिएका थिए । बाँकी १६ लाख आफैंले खाएका थिए । यस्ता गुण्डा र र दलालहरुसँग एसपी थापाको राम्रो सम्बन्ध छ स्रोतले भन्यो ।

Post a Comment

0 Comments