Subscribe Us

याकूबको अन्त्येष्टिमा अण्डरवर्ल्ड डन दाऊदका वफादार फौज !

मुम्बई । मुम्बई धारावाहिक बम विस्फोटका नाइके अण्डरवर्ल्ड डन दाऊद इब्राहिमले हालै भारत सरकारबाट फाँसी दिईएका सहयोगी याकूब  मेमनको अन्त्येष्टिमा ठूलो संख्यामा आफ्ना बफादारहरुलाई परिचालन गर्न निर्देशन दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

टाइम्स अफ इंडियाको रिपोर्ट अनुसार, आफ्नो एकता देखाउन याकुबको अन्त्येष्टिमा उपस्थित हुन भन्दै दाऊद र उनका सहयोगी छोटा साकिलले सहयोगीहरु परिचालन गरेका थिए । केडलरोड स्थित याकूबको घर बाहिरर लगभग एक हजार जनाको भिड दाऊदको ईशारामा प्रदर्शन भएको थियो । 

त्यस लगत्तै एक हजार जना सहयोगी मरीन लाइनस्थित मुस्लिम कब्रगाहमा भेला भएका थिए । गत, ३० जुलाईमा याकूबको फाँसीपछि छोटा सकिलले उक्त मामिलामा एक अन्तर्वाता समेत दिएका थिए । सकिलले भारत सरकारप्रति अब कुनै विश्वास नभएको भन्दै परिणाम जे सुकै हुन सक्ने भन्दै  चेतावनी दिएका थिए । दिल्ली र प्रमुख शहरहरुमा यतिखेर ऊच्च सुरक्षा अपनाइएको जनाइएको छ।

Post a Comment

0 Comments