Subscribe Us

पुच्छरले टाउको हल्याएपछि बबाल

 काठमाडौं । बालाजु बसपार्कभित्र रहेको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख भने प्रहरी निरीक्षक रहेका छन् । तर हालीमुहाली भने एक सईको हुने गरेको छ । सोझा प्रहरी निरीक्षकलाई गुमनाम पार्दै बर्षौदेखि बालाजु बस्दै आएका सई निर्मल ज्ञवालीको कारण उक्त क्षेत्रमा ब्यवसायी गर्नेको विजोक भएको छ । 

उनका कारण जिविका चलाउन समेत धौधौ परेपछि ब्यवसायी तनावमा परेका हुन् । बिभिन्न बहानमा सई ज्ञवालीले ब्यवसायीस“ग रकम असुल्ने तथा नदिए दुःख दिएर कारवाही गर्नेसम्मको गतिविध गरिरहेका छन् । 

सई ज्ञवालीले् गोंगबु बसपार्क क्षेत्रमा गुण्डागर्दी गर्ने अरुण र पंकज मल्ललाई समेत संरक्षण दि“दै आएका छन् । पंकज, अरुण र सई ज्ञवालीका कारण ब्यवसायी निकै तनावमा हुने गरेका छन् । यो समूहले प्रहरी निरीक्षकको आ“खामा छारो हाल्दै गोंगबु क्षेत्रमा सञ्चालित रेष्टुरेन्टदेखि होेटल र गोेष्ट हाउसलाई सुरक्षा दिने नाममा महिनावारी उठाइरहेका छ ।

Post a Comment

0 Comments