Subscribe Us

डन चरीलाई सम्झेर प्रहरीलाई गाली गर्दै उनका सहयोगी

काठमाडौं । गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरीको मृत्यु भएको एक वर्ष पूरा भएको दिन उनका सहयोगीहरुले दिप प्रज्वलन गरी वार्षिकी कार्यक्रम समापन गरेका छन् । चरीको गत वर्ष काठमाडौंको भिमढुंगामा प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो । उनका सहयोगीहरुले दिप प्रज्वलन गर्नुका साथै प्रहरीको घोर विरोधसमेत गरेका थिए । चरी निकट मानिएका बेबो नाम गरेका एक युवकले फेसबुकमा लेखेका छन्–‘आजको दिन एक वर्ष पुग्यो दिनेश दाइलाई इन्काउन्टर गरेको, साला चोर पुलिसले । सरकारले पनि छानविन गर्न छाडेर दोहोरो फायरिङमा म¥यो भन्यो । सब साला चोर हुन्, यो देशका नेता......., सरी दाई मिस यू सो मच दाई ।’

Post a Comment

0 Comments