Subscribe Us

डिभी र पिआरधारी कर्मचारी भाग्न थालेः मन्त्री पण्डित

काठमाडौँ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती सेवा छाड्नेको सङ्ख्या बढ्न थालेको छ । संवाद क्लबले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित भएपछि आफ्नो मातृभूमि छाड्ने कर्मचारी लाइन लाग्न थालेको उल्लेख गरेका हुन ।


  कार्यक्रममा पण्डितले भने,,– “निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत कर्मचारीले रातारात आफ्नो जागिर छाडेर भाग्दै छन्, नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी छ ।”

उनले आगामी १० वर्षभित्र कामका लागि कुनै पनि नेपाली विदेशिनु नपर्ने वातावरण सिर्जना गर्न श्रम ऐन संशोधनको तयारीमा लागेको जानकारी गराए । मन्त्री पण्डितले अबको १५÷२० दिनमा सङ्घीय लोकतान्त्रिक संविधान जारी हुने बताउँदै मुलुकले फड्को मार्न लागेको बेलामा अलिअलि द्वन्द्व हुनु स्वभाविक भएको विचार व्यक्त गरे । 

Post a Comment

0 Comments