Subscribe Us

ललितपुर कब्जा गर्ने रणनीतिमा डन चक्रे र मनाङ्गे

काठमाडौं । कसैलाई के को धन्दा, घर ज्वाईलाई खानको धन्दा भन्ने उखान झैं गुण्डाका नाईके आफ्नो क्षेत्राधिकार बढाउन लागेका छन् । कारण गुण्डाका नाईकेहरुलाई आफ्नो क्षेत्राधिकार बढाउन सकिए ठूलै जित भएको भान हुने गरेको छ । 

ठमेलमा राज गर्ने राजिव गुरुङ उर्फ दिपक मनाङ्गे र चक्रपथ क्षेत्रका गुण्डाका राजा मिलन गुरुङ उर्फ चक्रे अहिले आफ्नो असुली क्षेत्र बिस्तार गर्न सक्रिय भएका छन् । सोही क्रममा डनद्धयले अहिले ललितपुर जिल्लामा आफ्नो सञ्जाल फिजाउन थालेका छन् । 

ललितपुर क्षेत्रमा ढुंगाखानी, क्रसर, ईट्टा उद्योग जस्ता आयस्रोतका बाटोहरु प्रचारमा आउन थालेपछि उनीहरुको आ“खा त्यता परेको हो । ललितपुरमा आफ्नो सञ्जाल विस्तार गर्न मनाङ्गेले प्रकाश माली नाम गरेका युवाको नेतृत्वमा एक दर्जन युवा परिचालन गरेको स्रोत बताउ“छ । जसमा युबराज खड्का, सुरेश लामा, ललितपुर चौघरेका दयाराम महर्जन, पूर्ब सेनाका हवल्दार चुडाबहादुर कार्कीलगायत रहेको एक बताइएको छ ।



अहिले मनाङ्गेको ललितपुर समूहमा सामेल भएका युबराज खड्का अर्का गुण्डाका नाईके बाहुनका खास सहयोगी हुन् भने प्रकाश माली मिनकुष्ण महर्जनका । बाहुन जेल र महर्जन राजनीतिमा सक्रिय भएपछि उनीहरुका केटालाई मनाङ्गे र चक्रेले परिचालन गर्न थालेका हुन् । चक्रेले ललितपुर कब्जा गर्न दिपक तालुलाई अगाडि सारेका छन् भने तालुले ललितपुरकै राजु बोगटी, उत्तम महर्जन, निरोज महर्जन, सरोन श्रेष्ठ, बिनोद महर्जन, बिकाश कार्की, उमेश मल्ल, भोला खड्काको सहयोगमा डनगिरी चलाउन थालेका छन् ।

 मितेरी ट्राभल्सका सञ्चालक शेखर गुुरागा“ईलाई अपहरण गरी फिरौती लिएको अभियोगमा बोगटी, उत्तम र खड्का जेल जीबन बिताएर छुटेका अभियुक्त हुन् । अहिले यिनैको साथ लिएर ललितपुर कब्जा गर्ने सपना चक्रेले देखेका छन् । मनाङ्गे समूहले त गत महिना ललितपुरको ढा“टको ठेक्का समेत हाता पारिसकेका छन् । जिल्ला बिकाश समितीबाट आह्वान भएको उक्त ढुवानी कर उठाउन मनाङ्गे समूहले ठेक्का हात पारेको हो ।  तर सम्झौता भने हुन सकेको छैन् । 

जिबिसले दुई करोडमा आह्वान गरेको ठेक्का प्रकाश माली नेतृव्वकोे समूहले ६ करोड हालेको थियो । तर जिबिसको नियम अनुसार डिपोेजिट गर्ने रुपैंया नभएपछि उनीहरुले ठेक्का सम्झौंता भएको छैन । जसका कारण व्यबसायीले काम गर्न पाएका छैनन् । प्रकाश माली पैसा माग्न मनाङ्गेको घरमा पटक–पटक गएपनि मनाङ्गेले पैसा भने दिएका छैनन् । उक्त काम घाटा हुने भन्दै मनाङ्गे पन्छिन थालेका छन् । 



तोकिएको समयमा सम्झौंता नगरे डिपोजिट जफत भई ठेक्का रद्ध हुनेछ भने पुनः टेण्डर आह्वान गर्नु पर्ने कानूनी प्राबधान छ । तर दुई महिना बितिसक्दा पनि जिबिसले उक्त प्रक्रिया अगाडी बढाएको छैन । जसका कारणले जिबिसमा ठूलै सेटिङ भएको आंशका गरिएको छ । उता बिबादास्पद ठेकेदार सानु लामाले फेरि मनाङ्गे र चक्रे जुदाउने योेजना बुनेका छन् । आपराधिक पृष्ठभूमिबाट ठेकेदार बनेका लामाको ललितपुर जिल्लाभरी नै हालीमुहाली चल्ने गरेको छ । लामाले ललितपुरमा चक्रे र मनाङ्गेले राज गर्ने भए भन्दै भित्रभित्रै उनीहरुलाई धपाउने योजना बुन्न थालेको स्रोत बताउ“छ ।

Post a Comment

0 Comments