Subscribe Us

किन भयो यिनलाई डन बन्ने रहर

किाठमाडौं । राजधानीमा कहलिएका गुण्डाका नाईके घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी ईन्काउन्टर मारिएको दुई साता हुँदै छ । 

कहलिएका अन्य गुण्डा नाईके तथा सदस्य सुरक्षीत स्थानको खोजी गर्दै राजधानी छाडीसकेका छन् ।

 तर एक व्यक्ति भने आफू राजधानीका डन मध्य एक भएको भन्दै प्रहरीलाई चुनैती दिन थालेका छन् । 

उनले डनहरुको फोटोसँग आफ्नो फोटोपनि जोडेर मोष्ट वान्टेडको सुचिमा आफूलाई राखेका छन् ।

 बिभिन्न अनलाई र टेलिभिजनको लोगोको दुरुप्रयोग गर्दै उनले नक्कली पेज खोलेर आफ्नो बिरुद्ध आफै समाचार प्रकाशित गर्न थालेका छन् । 

सगरमाथा, ईमेज च्यानल टेलिभिजनको लोगो प्रयोग गर्दै उनले पेज बनाएर आफूलाई प्रहरीले ४५ ग्राम लागूऔंषध र एक पेस्तोलसहित पक्राउ गरेको समाचार लेखेर प्रहरीलाई चुनैती दिएका छन् । 



उनले आफूलाई गणेश लामाको खास मान्छे भएको दाबी गर्दै आफ्नो बारेमा यसरी समाचार लेखाएका छन् । समाचारको केहि अंश जस्ताको तेस्तै यस्तो छ । प्रबिन बलामी झट हेर्दा गणेश लामा जस्तो देखिनी उनी लामाको प्यारो भाई मध्येमा गनिन्छ।बलामी गणेश लामा निकट छन।उनी अपराध, ब्यवपार देखी राजनीति पार्टीमा समेत पकट जमाई सकेका छन।उनी हाल मधेसी जन अधिकार युवा फोरोम लोकतान्त्रिक नेपालका काठमाडौं जिल्ला अध्यक्ष हुन्।

Post a Comment

0 Comments