Subscribe Us

साजनको कनेक्सन अन्डरवल्र्ड डनसम्म

काठमाडौं । व्यापारी धम्क्याउने गरेको आरोपमा पक्राउ परेका गुण्डाका नाईके साजन महर्जनको सम्पर्क अण्डरवल्र्डका डनसँग रहेको खुलासा भएको छ । 

गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धानका क्रममा डन साजनकोे कनेक्सन शंकास्पद् व्यक्तिसँग देखेपछि उनलाई नियन्त्रण लिई अनुसन्धान थालेको हो । प्रहरी स्रोतले भन्छ–‘महर्जनको कल डिटेल्स र म्यासेजले उनको कनेक्सन अन्तर्राष्ट्रिय अपराधीसँग भएको देखाउँछ । यस बिषयमा अनुसन्धान भईरहेको छ ।’ 

राजधानीका कुख्यात डन मिलन गुरुङ उर्फ चक्रे मिलनको उठवसले चल्तीका गुण्डा बनेका साजनले पछिल्लो समय अबैध बालुवाको खानी सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय साजन घैंटे र अर्का गुण्डा नाईके काजी शेर्पाको आपराधिक गतिविधिमा सहयोगी बन्दै आएका थिए । नक्कली डलर देखाएर लुट्ने धन्दा हुँदै नेपाल प्रहरी र सेनामा समेत हतियार सप्लाईको काम गर्ने काजीले घैंटे, समिरमान बस्नेत र साजनलाई ठेक्कापट्टा कब्जा गर्न प्रयोग गर्दै आएका थिए । 

प्रहरी मुडभेडमा घैंटे मारिएपछि साजनले घैंटे समूहको नेतृत्व लिन लागेको र गोंगबु क्षेत्रमा चन्दा आतंक मच्चाएकोे भन्दै अपराध महाशाखाले नियन्त्रमा लिइ अनुसन्धान गरेको हो । स्रोतका अनुसार घैंटे इन्काउन्टरपछि इन्काउन्टरमा संलग्न प्रहरी अधिकृतको सूचना संकलन गर्न थालेको भन्दै महाशाखाले अर्का घैंटेका सहयोगीलाई समेत पक्राउ गरेको छ । 

धादिङका पहलमान तमाङ उर्फ पबन हत्याका योजनाकार साजन गुरुङलाई कार्जोनले ती प्रहरी अधिकृतका सूचना दिँदै आएको अनुसन्धानबाट खुलेको हो । पबन हत्यापछि दुई बर्षसम्म राजधानीको मुटु न्यूरोडमा लुकिछिपी बस्दै आएका साजन घंैटेका उत्ताराधिकारी सानुभाई भन्ने युबराज गुरुङका पार्टनर हुन् । घैंटे इन्काउन्टरपछि प्रहरीलाई गोली ठोक्ने चेतावनी सानुभाईले दिएका थिए । 

उक्त कुरा सार्बजनिक भएपछि उनी भूमिगत भएका छन् । प्रहरीमाथि नै गोली प्रहार गर्ने कुरा बाहिर आएपछि घैंटेका अन्य सहयोगी माथि प्रहरीले निगरानी बढाएको छ । जस अन्र्तगत साजन कार्जोन र साजन महर्जन कानूनी दायरामा आइसकेका छन् । पक्राउ परेका महर्जन र कार्जोन र  गुरुङलाई प्रहरीले प्राप्त प्रमाणको आधारमा सार्बजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाएको छ । याँहाको कारवाही प्रक्रिया पुरा भएपछि गुरुङलाई भने कर्तव्य ज्यान मुद्दामा थप कारवाही लागी धादिङ पठाउने महाशाखाले जनाएको छ । पक्राउ परेका गुरुङबाट अन्तर्राष्ट्रिय आपराधीसँग साँठगाँठ भएको प्रमाण समेत प्रहरीले फेला पारेको छ ।

Post a Comment

0 Comments