Subscribe Us

प्रहरी सेटिङमा डनद्धारा आत्मसमर्पण

काठमाडौं । ज्यान मार्ने उद्योग, हातहतियार र अपहरण मुद्दामा फरार रहेका गुण्डा नाइके पञ्चे लामाले प्रहरीलाई प्रभावमा पारेर आत्मसमर्पण गरेका छन् । लामा गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ का दाहिने हात हुन् । 

स्रोतका अनुसार लामाले महानगरिय प्रहरी बृत सिंहदरवारका डिएसपी प्रजित केसीलाई प्रभावमा पारेर बुधवार बिहान आत्मसमर्पण गरेका हुन । पञ्चेका दाई जुदाको सेटिङमा प्रहरीमा पाँच लाखको चलखेल गरी आत्मसमर्पण गराइएको समेत स्रोत बताउँछ ।
 
  ललितपुर प्रहरीमा विभिन्न मुद्दामा रहेका फरार लामाले सिंहदरबार प्रहरीमा गएर आत्मसमर्पण गरेपछि ठूलो चलखेल भएको एक प्रहरी अधिकारी बताउँछन् । चरी र कुमार श्रेष्ठ ‘घैंटे’ इन्काउन्टरमा मारिएपछि गुण्डा सर्कलमा त्रास छाएको छ । 

प्रहरीको इन्काउन्टरमा परिने डर र पक्राउ पर्दा साथबाट लागूऔंषध बरामद हुने अथवा गोली खाइने डरले वान्टेड गुण्डाहरु आफू निकट प्रहरीबाट आत्मसमर्पण हुने जुक्तिमा लागिरहेका छन् ।

   चरी मारिएपछि पञ्चेका दाजु जुदाले उनलाई घैंटेको निकट समेत बनाएका थिए । भाईलाई गुण्डा बनाइ दाईले करोडौ रुपैयाँ असुलेका छन् । तीन बर्ष अगाडिसम्म केही नभएका जुदा यतिबेला ‘माज्दा ३’ गाडीमा मा हुईकिन्छन् । महानगरिय प्रहरी अपराध महाशाखाले गुण्डागर्दी विरुद्ध कठोर नीति लिइरहेको बेला गुण्डालाई नै आत्मसर्मपण गराएर फाइदा लिन खोज्ने डिएसपी केसीमाथि कारबाही हुनुपर्ने आवाज पनि उठेको छ । काठमाडौंका गुण्डा नाइकेहरुसँग राम्रो सम्बन्ध बनाएका डिएसपी केसी महाशाखामा रहँदा विवादमा परेका थिए । यूनाइटेड पोस्ट साप्ताहिकबाट

Post a Comment

0 Comments