Subscribe Us

सामाजिक सद्भाव भड्काउने आङकाजी पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुले जनजाती महाुंसंघका पूर्ब महासचिब आङकाजी शेर्पालाई पक्राउ गरेको छ ।

 समाजिक सञ्जाल फेसबुक र ट्वीटरको दुरुप्रयोग गर्दै शेर्पाले सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै महाशाखाले उनलाई पक्राउ गरेको हो । 

महाशाखाबाट खटिएकोे टोलीले शेर्पालाई बुधवार दिउसो बौंद्धबाट नियन्त्रणमा लिएको हो । 

टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा महाशाखाले अनुसन्धान थालेको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गर्दै  प्रहरीलाई अनावश्यक लान्छना लगाउँदै आएका थिए । 

बिद्युतिय उपकरणको दुरुप्रयोग गरी कसैलाई गाली गलैज गर्नलाई साईबर क्राइम अन्र्तरगत मुद्दा चलाउने कानूनी प्राबधान रहेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पक्राउ परेका शेर्पामाथी साइबर क्राइम अन्र्तरगत कारवाही हुने बताएका छन् ।

Post a Comment

0 Comments