Subscribe Us

क्यासिनो खुलाउन मन्त्री शेर्पाको डन गिरी

काठमाडौं । सम्झौंता अनुरुप होटलकोे भाडा चुक्ता नगरेको कारण बन्द भएका क्यासिनो खुलाउन पर्यटनमन्त्री कृपासुर शेर्पाले गुण्डागर्दीको सुरुवात गरेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा पूर्व राजाका ज्वा“ई राजबहादुर सिंहले सञ्चालन गरेको क्यासिनो रोयल खुलाउन मन्त्री शेर्पाले सिधै आफ्नो मोबाईलबाट होटल मालिक राधेश्याम सरार्फलाई धम्की दिएको बुझिएको छ । 

स्रोतका अनुसार पर्यटनमन्त्री शेर्पाले तत्काल क्यासिनोका ढोका खोलेर सिंहलाई क्यासिनो सञ्चालन गर्न दिनु भन्दै सरार्फलाई हकारेका थिए । ३२ करोड घर भाडा नतिरेपछि होटलले क्यासिनोस“ग गरेको सम्झौंता तीन महिना अगाडि खारेज गर्दै कानूनी बिधी अनुसार क्यासिनो बन्द गराएको थियो ।

 घर भाडा, राजश्व र मजदुरको पारिश्रमिक समेत चुक्ता नगरेका सिंहलाई शेर्पाले बारबम्बार क्यासिनो खुलाउन होटल मालिक सरार्फलाई दबाब दिदै आएका छन् । सिंहले क्यासिनो बिक्री गर्ने नाममा बैना बट्टा गर्दै करोडौं रुपैंया“ ठगी गर्नुका साथै १७ करोड बराबार राजश्व चुक्ता गरेका छैनन् । पर्यटन मन्त्रालयले सिंहलाई कारवाहीको गर्नुको सट्टा उल्र्ट बचाउ गर्न थालेपछि मन्त्री शेर्पा र सिंहबीच ठूलै रकमको डिल भएको आशंका हुन थालेको छ । 

बन्द क्यासिनो खुलाउन मन्त्री शेर्पाले एक महिना अगाडि मन्त्रायलबाटै सचिबको टोली पठाएका थिए । तर होटल मालिकले भाडा चुक्ता नगरेसम्म कुनै पनि हालतमा नखोल्ने अडान लिएपछि उनीहरु ताला फोड्ने भन्दै फर्किएका थिए । त्यसको केही दिनपछि मन्त्रालयकै लेटरप्याडमा क्यासिनो खोलीदिन मन्त्रीले ठाडो आदेशसहितको पत्र पठाएका थिए । 

सो पत्रको पनि होटलले कार्यान्वयन नगरेपछि गत साता मन्त्री शेर्पाले आफैले होटल मालिक सरार्फलाई फोन गरेर क्यासिनो खोल्न सहयोग नगरे ठिक नहुने भन्दै धम्की धम्क्याएका थिए । मन्त्रीले पदको दुरुप्रयोग गर्न थालेपछि मन्त्रालयका कर्मचारी समेत रुष्ट बनेका छन् । गर्न नमिल्ने र आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर मन्त्रीले मनलाग्दी गर्ने थालेको मन्त्रालयमा चर्चा छ । 

क्यासिनोको नाममा ठगी गर्दै आएका सिंह र उनका भाई नाता पर्ने हरिशबहादुर सिंहले क्यासिनो बिक्री गर्ने नाममा आधा दर्जन व्यापारीस“ग करोडौं रुपैंया ठगी गरेको यसअघि नै सार्वजनिक भएसकेको छ । क्यासिनो स्रोतका अनुसार ६ महिनाबीचमा भारतीय ब्यापारी आशिष पटेल, मुन्ना भाई र एक चाईनिज व्यापारीस“ग सिंह दाजुभाईले ३० करोड बराबार ठगी गरेको स्रोतको दावी छ । 

पछिल्लो समय सिंह दाजुभाईले मिनी क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्र सिंहलाई क्यासिनो चलाउने जिम्मा दिएका छन् । मिनी क्यासिनोको नाममा नेपालीलाई क्यासिनोमा प्रबेश गराई करोडौं असुल्ने सुरेन्द्र अहिले रोयल क्यासिनो चलाउन लागिपरेका हुन् । तर होटल मालिक सरार्फ भने कुनै हालतमा अब होटलमा क्यासिनो चलाउन नदिने अडानमा छन् । 

मन्त्री शेर्पा यति एयर लाईन्सका मालिक आङछिरिङ शेर्पाका डमी हुन् ।  बास्तममा पर्यटन मन्त्रालय चलाउने त आङछिरिङ  भएको सर्वत्र चर्चा छ । शेपालाई मन्त्री बनाउन पर्यटन ब्यबसायी आङछिरिङले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलै धनराशी खर्चेका थिए । केही महिना पहिले विदेश भ्रमण र उपचारका लागि ओली बाहिर जा“दा सम्पूर्ण खर्च ब्यहोरेका थिए ।

Post a Comment

0 Comments