Subscribe Us

डन घैंटेको कालो धन कुम्ल्याउनेमा नेता गुरुङपनि,
३० लाख पचाएको खुलासा

काठमाडौं । प्रहरी ईन्काउन्टरमा मारिएका गुण्डाका नाईके कुमार श्रेष्ठ उर्फ घैंटेसँग ५ लाख रुपैंयाँ असुली काँग्रेस नेता धनराज गुरुङले खेलकुद् बिभागको सदस्य बनाएका थिए भन्दै आरोप लागेको छ । नेपाली काँग्रेस खेलकुद् बिभागको प्रमुख समेत रहेका गुरुङले नीति र नियमबिरुद्ध गई घैंटेलगायत दश जनालाई खेलकुद् बिभागमा ल्याएका थिए । 

पार्टीको बिधान अनुसार २० जना कार्य समिती हुने बिभागमा गुरुङले आफू अनुकुल १० जना सदस्य थपेका थिए । पार्टीले गुरुङसहित २० जनाको कार्यसमिती बनाएपछि उक्त कार्यसमितीमा आफूले सिफारिस गरेको व्यक्ति नपरेको भन्दै गुरुङले असहमति जनाउँद राजीनामा दिएका थिए । पार्टीले राजीनामा स्वीकृत नगरेपछि गुरुङले पुनः पार्टीको नीति विपरित घैंटे लगायत १० जनालाई खेलकुद बिभागको सदस्य दिलाएका थिए । 

पार्टीको बिधान बिपरित बनाएका सदस्यहरुमा कुमार श्रेष्ठ उर्फ (घैंटे), राजु श्रेष्ठ (हात्ती) सिंहबहादुर राणा मगर, तारा गुरुङ, देबेन्द्र शेरचन, चर्जुनारायण श्रेष्ठ, सम्भु तामाङलगात हरेका छन् । नेता गुरुङले बिभागमा मनलाग्दी गरपछि खेलकुद् बिभागले बैधानिकता समेत पाएको छैन । पैसाको लागि उक्त काम गरिएको आरोप लाग्दै आएका नेता गुरुङले पोखराका महाधिवेशन प्रतिनिधि देबेन्द्र शेरचनलाई अगाडि सारेर लोकत्रातिक खेलकुद संघको स्थापना गरेका थिए । 


पोखरामा जुवा अखडा चला“उदै आएका छन् भने गुरुङ पोखरा जा“दा सम्पूर्णको चा“जोेपा“जो शेरचनले मिलाउने गरेका कारण गुरुङले उनलाई च्यापेको खेलकुद विभागमा चर्चा हुने गर्छ । विभागले डढ बर्ष वितिसक्दा पनि संघको चुनाव गराउन सकेको छैन् । 

बिडम्बना उक्त संघलाई खेलकुद बिभागले अहिलेसम्म अनुमोेदन गरेको छैन । बिभागमा गुरुङले मनलाग्दी गर्न थालेपछि पार्टीले कुनै वास्ता नगरेको स्रोत बताउँछ । भूकम्प पीडितलाई राहात बितरण कार्यक्रममा समेत गुरुङले गुण्डाका नाईकेहरुलाई संयोजक र उपसंयोजक बनाएपछि त उनी झन विवादमा परेका थिए भने बिभागका जुजारु सदस्यमा भने चरम असन्तुष्टी बढेको थियो ।  

पछि संयोजक र उपसंयोजकलाई प्रधानमन्त्री सुशील कोइरालाको हातबाट टिका थपाई राहत बितरणमा पठाइएको थियो । जसका कारण स्वच्छ छवि भएका प्रधानमन्त्री समेत विवादमा तानिएका थिए । स्रोतका अनुसार गुरुङले ईन्काउन्टरमा मारिएका घैंटेसँग सापटी बापत लाखौं लिएका थिए, जुन तिरेका छैनन् ।

Post a Comment

0 Comments