Subscribe Us

हुन्डीको अखडामा एसएसपी खनालकोे छापा,
मनिट्रान्सफरको आबरणमा हुन्डीको धन्दा

काठमाडौं ।  मनिट्रान्सफरको आबरणमा हुन्डीको धन्दा गर्ने एक दर्जन अखडामा प्रहरीले बुधवार छापा मारेको छ । महानगरीय अपराध महाशाखा टेकुले राजधानीमा संचालित यस्तो अखडामा बुधवार दिउसो छापामारी लाखौ रुपैयाँ बरामत गरेको छ । 

मनिट्रान्सफरको नाममा अवैध हुन्डी कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा प्रहरीले ति स्थानहरुमा छापा मारेको जनाएको छ। 

महाशाखाको टोलीले राजधानीका सुन्धारा, ठमेल र न्युरोड क्षेत्रमा संचालित मनिट्रान्सफरको आबरणमा हुन्डीको कारोबार गर्ने ति अखडामा छापा मारेको हो ।

मनिट्रान्सफरमा अबैध हुन्डीको कारोबार हुने गरेको सुचना महाशाखाले पाए लगत्तै एक महिना लगाएर अनुसन्धान सुरु गरेको थियो ।  अनुसन्धानपछि महाशाखाखाले ८ वटा टोली बनाएर एकैसाथ छापा मारेको हो । 

सुन्धाराको देउराली मनी ट्रान्सफरलगायतका ५ भन्दा बढीस्थानबाट लाखौं रुपैयाँ बरामद भएको महाशाखा स्रोतले बताएको छ । महाशाखाको टोलीले मनिग्राममा कार्यरत केही कर्मचारी र संचालकलाई समेत नियन्त्रमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

Post a Comment

0 Comments