Subscribe Us

सहकारीलाई ठग्न सफल गुण्डा नाईके बस्नेत


काठमाडौं । अपराधबाट बच्न आफ्नो वास्ताबिक नाम परिबर्तन गरी प्रहरी र कानूनको आँखामा छारो हाल्न सफल मैतिदेबीका लुटेरा समूहका नाईके अभिमानसिंह बस्नेतले एक सहकारीलाई योजनाबद्ध तरिकाबाट ठगी गरेको खुलसा भएको छ । २०५८ सालमा डिल्लीबजारको बाटुले घर अगाडि नरेश बुढाथोकीको छुरा प्रहार गरी हत्या गर्ने गिरोहका नाईके कृर्तनबहादुर बस्नेत नै अहिले गुण्डाका नाईके अभिमानसिंह बस्नेत बनेका हुन ।

उक्त अपराधबाट बच्न उनले कृतनबाट अभिमानसिंह भन्दै नाम परिवर्तन गरेका थिए । कृतन नामबाट दर्जनै अपराधमा संलग्न भई अभिमानसिंह नाम राख्दा पनि उनको आपराधिक मानसिकता भने अहिलेसम्म परिवर्तन भएको छैन् । २०५८ सालमा नै उनको समूहले बानेश्वर क्याम्पस अगाडि चिया पसलमा भीएस निकेतनमा अध्यनरत एक बिद्यार्थीलाई ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थियो ।

स्रोत भन्छ–‘यस्ता खुकुरी काण्ड कुर्तनको समूहले धेरै घटाए । डिल्लीबजारको हत्या काण्डपछि उनी फरार भएका हुन् । फरार भएकका कृर्तन ०६१ सालतिर ठमेलमा अभिमानसिंह बस्नेतको नामबाट काभ्रेली समूहमा आबद्ध भएका हुन् ।’
अपराध लुक्दैन भने झै काठमाडौंका तत्कालिन एसपी रमेश खरेलले उनलाई पक्राउ सफल भएका थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश  दिएको थियो । तर पुनराबेदनबाट कृर्तन नभएको दाबी गर्दै साधारण तारेखमा उनी छुट्न सफल भएका हुन् । ज्यान मुद्दामा अदालतबाट उम्केपछि लाखौं रुपैंयाँ अदालतमा खर्च भएको भन्दै गुण्डा र व्यापारीसँग रकम असुल्न उनी सक्रिय थिए । 

असुलेकै पैसाबाट अहिले घर गाडि जोड्न सफल छन् भने बस्नेतले अन्ततः सहकारीलाई समेत ठगी गरेका छन् । बस्नेतले आफ्नो दिदी शर्मिला बस्नेतलाई हतियार बनाई बानेश्वरस्थित अनुग्रह बचत तथा ऋण सहकारी संस्थाबाट २५ लाख ठगी गरेका हुन् । दुई बर्ष अगाडि लिएको ऋणको सा“वाब्याज नतिरी उनले उल्टै सहकारीलाई धम्क्याउने गरेको उजुरीसहित सहकारीका सञ्चालकले प्रहरीमा पुगेपछि यो रहस्य बाहिर आएको हो । 

नियोजित रुपमा देखाएको जग्गा भन्दा फरक जग्गा पास भएको भन्दै बस्नेतको परिवारले संस्था डुबाउन खोजेकाले सहयोग गर्न सञ्चालकले प्रहरीको गुहार मागेका हुन् । प्रहरीले गुण्डागर्दी गर्ने सूचिमा नाम रहेका अभिमानसिंहलाई पक्राउ गर्न पुर्जी जारी भएको प्रहरी जनाएको छ । सहकारीका अनुसार उनले लिएको २५ लाखको अहिले व्याजसमेत ३७ लाख पुगेको छ ।

Post a Comment

0 Comments