Subscribe Us

हतियारमा गृहमन्त्री र ठेकेदारको चलखेल

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतार हतारमा हतियार खरिदको प्रक्रिया अघि बढाउन दबाब दिएको छ । 

आर्थिक चलखेलका आधारमा गृहमन्त्री वामदेव गौतमले हतियार खरिदको प्रक्रिया अघि बढाएका हुन् । आफुलाई बामदेवका धर्मपुत्र बताउने ठेकेदार दीपक भट्टको भित्री योजनामा छोटो प्रक्रियाबाट हतियार खदिर गर्न लागिएको छ । 

गत साताको मन्त्रीपरिषद्को बैठकले हतियार खदिरका लागि २ अर्ब रुपैयाँको बजेटमा सैद्धान्तिक सहमति दिएपछि ठेकदार भट्ट यतिबेला दौडधुपमा छन् ।अहिले देशमा भइरहेको आन्दोलनमा प्रहरीसँग दंगा नियन्त्रणका लागि आवश्यक सामानहरु अभाव हुन लागेको बहाना गरेर छोटो प्रक्रियाबाट हतियार किन्न लागिएको हो ।

 गोलीसहित, रबरको गोली, दंगा नियन्त्रण गर्ने गाडि, अश्रुग्यास, वाटरक्यानन लगायतका सामानहरु खरिद गर्न लागिएको हो । दुवै प्रहरीलाई ९५ करोडका दरले अर्थ मन्त्रालय बजेट दिन तयार भइसकेको छ । ती सामान खरिका लागि टेण्डर सम्बन्धि डकुमेन्ट बनाउने काम भइरहेको छ । जसमा ठेकेदार भट्टले चलखेल गरिरहेका छन् । 

आफु एजेन्ट भएको चिनियाँ कम्पनीबाटै दंगा नियन्त्रणका सामान खरिद गर्र्ने गरी टेण्डर डकुमेन्ट उनले मिलाउन लागेका हुन् । अघिल्लो पटक वामदेव गृहमन्त्री हुँदा पनि उनै भट्टले हतियार खरिद गरेका थिए । पछिल्लो समय हाइड्रोपावरको समेत दलाली काम गर्दै आएका उनले बामदेवको सबै घर खर्च हेर्ने गरेका छन् । गृह मन्त्रालयका ठूला ठेक्काका डिल पनि उनले नै गर्दै आएका छन् ।

केही समय अघि एआईजी राजेन्द्रसिंह भण्डारीलाई हतियार खरिद प्रक्रिया अगाडि बढाउन दबाब आएपछि उनले ठेकेदारको डिजाइनमा हतियार खरिदको काम नगर्ने बरु जहाँ जान पनि तयार रहेको भन्दै चेतावनी दिएका थिए । त्यसलगत्तै उनको तालिम केन्द्रमा सरुवा भएको थियो । यूनाइटेड पोस्ट साप्ताहिकबाट

Post a Comment

0 Comments