Subscribe Us

पबन हत्या आरोपमा गुण्डा साजन पक्राउ

काठमाडौं । तिन बर्ष अगाडी नुवाकोटबाट धादिङ ससुराली गएका पवन तामाङलाई खुकुरी प्रहार गरी हत्या गर्ने गिरोहका मुख्य नाईके पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले हत्यारा साजन गुरुङलाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको हो । 

पबनको हत्यापछि साजन लुकिछीपि बस्दै आएका थिए । ईन्काउन्टरमा मारिएका चरी निकट पबनलाई घैंटे निकट साजनको समुहले ससुराली आएको मौंका छोपी खुकुरी प्रहार गरेका थिए । गुरुङ घैंटेका सहयोगी युबराज गुरुङ भन्ने सानुभाईका सहयोगी हुन ।  उता राजधानीका अर्का डन साजन महर्जन पनि पक्राउ परेका छन् । प्रहरीले गुण्डागर्दी नियन्त्रणको क्रममा महर्जनलाई पक्राउ गरिएको बताएको छ ।

Post a Comment

0 Comments