Subscribe Us

यौन अखडाको रुपमा विकसित हुँदै ठमेल

काठमाडौं । ठमेल पर्यटन बोर्डका अध्यक्ष रामशरण थपलियाले पदको दुरुपयोग गर्दै ठमेलमा चाईनिजलाई आश्रय दिन थालेपछि विकृति भित्रन थालेको छ ।

 गैरकानूनी तरिकाले राजधानीको पर्यटकीय मुटु मानिएको ठमेललाई दुई नम्बरी गर्ने थलोको रुपमा विकसित गर्न थालेपछि पछिल्लो समयमा होटल र लजहरुमा खुलमखुला यौनधन्दा फस्टाउन थालेका छन् । 

होटल ब्यवसाय खोल्न समेत थपलियाले चाईनिजहरुलाई विभिन्न कागजात बनाउने गरेको बताइएको छ  । स्रोतका अनुसार थपलियाले कतिलाई त नागरिकताको लागि समेत सिफारिस गर्ने गरेका छन् । दुई नम्बरी गर्ने चाईनिजलाई थपलियाले होटल र रेष्टुरेन्ट किनबेचका साथै भाडामा समेत भिडाउँदै आएका छन् । उक्त कामबाट उनले राम्रै कमाई गर्ने गरेको ठमेलका पर्यटन ब्यवसायीले बताउँछन् ।  

ठमेललाई व्यबस्थित गर्न पर्यटन बोर्डका अध्यक्ष भएका थपलियाले तीन बर्षको बीचमा चाइनिजलाई मात्र सघाएको आरोप छ । प्रहरी रेकर्ड अनुसार ठमेल क्षेत्रमा चाईनिजले सुन, डलर र बन्यजुन्तुको अबैध कारोबार गर्ने गरेका छने भने तातोपानी नाका हुँदै विभिन्न बस्तुहरुको तस्करी समेत गर्दै आएका छन् । 

प्रहरीले तस्करीमा संलग्न हुनेलाई बेलाबेलामा पक्राउ गरेता पनि ठमेलमा हुने अवैध कामलाई भने रोक्न सकेको छैन । बोर्डको अध्यक्ष थपलियाले नै चाईनिज तस्कर र अपराधिलाई संरक्षण दिने गरेको बोर्डकै सदस्यले गुनासो गर्न थालेका छन् । थपलियाको तीन बर्षे कार्यकाल सुधार हुनुको सट्टा ठमेल तस्करीको हबमा परिणत भएको छ 

। स्थानिय ब्यापारीको हुनै समस्या पर्दा उपस्थिच नहुने थपलिया गैरकानुनी तरिकाले चाईनिज पक्राउ परे तत्काल रिहा गराउन भने चौकी धाउने गरको नाम उल्लेख नगर्ने सर्तमा बोर्डका एक सदस्यले बताए । प्रहरीबाट छुटाएपछि चाईनिजबाट रामै्र आम्दानी हुने गरेको छ । चाइनिजलाई जे मन लाग्यो त्यही गर्न छुट दिएका कारण ठमेलमा अवैध यौनधन्दा फस्टाएको छ भने आजभोली कोरियन युवतीहरु समेत यौनधन्दामा सक्रिय भएका छन् । 

Post a Comment

0 Comments