Subscribe Us

यि हुन काभ्रेलीकोे नाममा लुट धन्दा मच्चाउने बस्नेत
झण्डै खाएका थिए डिएसपी पन्तकोे जागिर

काठमाडौं । उपत्यकामा गुण्डागर्दीमा कहलीएका दोलखाका कृतन बस्नेत उर्फ अभिमानसिंह बस्नेत सर्बसाधारण, प्रहरी र प्रशासनलाई समेत झुक्याउन सफल भएका छन् । कृतन बस्नेतको नाममा गरेको कुकर्म लुकाउन उनी २०५९ देखि अभिमानसिंह बस्नेत भएका हुन् । कलिलै उमेरमा एक दर्जन अपराधमा संलग्न बस्नेतले २०५८ मा डिल्लीबजारका नरेश बुढाथोकीको हत्या गरेपछि आफू अभिमानसिंह बस्नेत भएको नागरिकता लिएका हुन ।

 सोही नागरिकताकोे आधारमा उनी चार बर्ष अगाडि अदालतलाई गुमराहामा पारेर निस्कन सफल भएका थिए । नरेश बुढाथोकीको हत्यापछि फरार कृतन बस्नेत २०६० मा काभ्रेली समूहमा अभिमानसिंह बस्नेतको नामबाट आबद्ध भए ।
 
  चलाख र धुर्त बस्नेतले चाँडै काभ्रेली समूहमा आफ्नो नाम स्थापित गर्न सफल भएका थिए । काभ्रेली समूहमा आबद्ध भएकोे एक बर्षमै उनले अर्को आपराधिक समूहको सिर्जना गरे । नरेश हत्यापछि फरार भई भारतमा रहेका रमेश शाहि, बिनोेद थापा र सो हत्यामा कारागारमा सजाय काटिरहेका रबिन चौंधरी, कालिमाटीका अभिमन्यु राणा, बिनय मगर, चितवनका माईकल भन्ने बिष्णु पाण्डेको एक आपराधिक जत्था बस्नेतले निर्माण गरे । जेलमा रहेका रबिनलाई चन्दा उठाएर बस्नेतले छुटाए । यो समूहले काभ्रेलीको नाममा आतंक मच्चाउन थाल्योे ।
 काभ्रेलीको नाममा हप्ता असुली दखी सुपारी लिने सम्मको काम बस्नेतले गर्दै आए । बस्नेतको समूहले काभ्रेली समूहकै अर्का सञ्जीव लामा ‘स्याल’लाई २०६४ मा बानेश्वर भिमसेन गोलामा खुकुरी प्रहार गरी हत्याको प्रयास ग-यो । लामाको ज्यानमार्ने उद्योेग मुद्दामा आफ्ना सहयोेगी अजय लामा र रुपन महर्जनलाई अभियोग बमोजीम जिम्मा लिन लगाएर उनी धरौंटीमा रिहा भए । 

महर्जन र लामालाई जिल्ला अदालत काठमाडौंले पाँच/पाँच बर्ष कैद सजायको फैसला सुनायो । रुपन र अजय छुटाउनका लागि न्यायाधिस सेटिङ मिलाउनु प¥यो भन्दै बस्नेतले गुण्डा र व्यापारी सर्कलबाट १५ लाख असुलेका थिए । तर उनीहरुलाई जिल्ला अदालतले पाँच बर्ष कैद गरेपछि अदालत परिसरमै बस्नेतलाई सहयोगी चौधरीले बेहोस हुने गरी कुटेका थिए । उठाएकोे पैसा लगेर बस्नेतले दोलखाकोे चरीकोटमा घर ठ¥याए । उक्त काण्डबाट बस्नेतको समूहमा दरार उत्पन भएको हो ।

कुनै बेला उनलाई ज्यान दिन पछि नपर्ने चौधरी अहिले उनकै ज्यानको प्यासी बनेका छन् । चौधरीलाई बलीको बोका बनाएर बस्नेतले करोडौ असुले तर, चौधरी भने प्रहरीको वान्टेड भए । पाँच बर्ष अगाडि महानगरिय प्रहरी परिसरमा तत्कालीन एसपी रमेश खरेलले बस्नेतलाई १० बर्ष अगाडिको मुद्दामा पक्राउ गरे । तर कृतन नभई अभिमान भएको भ्रम अदालतमा छरेर बस्नेत ६ महिनापछि जेल मुक्त भए । युबती जिस्काएको बिषयलाई लिएर २०६५ मा पुरानो बानेश्वरको क्याटरिङमा आएका जन्तीलाई अन्धाधुन्ध खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट एक दर्जन घाईते भए ।

 प्रहरीले दुई वटा खुकुरी सहित बस्नेतलाई रङ्गेहात पक्राउ ग-यो । पक्राउ परेका बस्नेतले बेहोस भएको नाटक गरे । गौशाला प्रहरीका तत्कालिन प्रहरी निरक्षक गंगा पन्तले उपचारको लागि बस्नेतलाई केएमसि सिनामंगलमा पठाईन् । सिनामंगलबाट सेटिङ मिलाएर बस्नेत थप उपचारको लागि भन्दै टिचिङ रिफर गर्न लगाए । टिचिङ पुगेको एक घण्टा नवित्दै बाथरुम जाने बहानामा बस्नेत झ्यालबाट हाम फालेर भागेका थिए ।

 पैसा खाएर भगाएको आरोप हालका डिएसपी गंगा पन्तलाई लाग्यो । सो मुद्दामा समेत बस्नेत हालसम्म फरार कै सूचिमा छन् । पैसाको लागि साथी भाई र आफ्तलाई समेत ठगी गर्दै आएका बस्नेतले पाँच बर्ष अगाडि गरेको बिहेपार्टीको पैसा समेत क्याटरिङलई तिरेका छैनन् । ज्ञानेश्वरमा उनले ब्यापारी बिष्णु खत्रीकी भान्जीसँग बिहे गर्दा ठूलै रकम खर्च गरेका थिए । मारवाडीले चलाएको उक्त पार्टी प्यालेसबाट अहिले बस्नेतलाई फोन गरी पैसा माग्दा उल्टै धम्काउने गरेको उनकै साथीहरु बताउँछन् । व्यापारी बिष्णु खत्रीकी भाञ्जी बिहे गरेपछि ठूलो व्यापारी र चाँडै करोडपति हुने सपना देखेका बस्नेतले पछि खत्रीले कुनै सहयोग नगरेको आरोप लगाए ।

 त्यसलगत्तै एक छोरी जन्माइसकेकी श्रीमतीलाई देखाउन बस्नेतले कुनै जमानाका बिनोद लामाको प्रेमिकालाई पैसाको लागि रखैल बनाएर बौद्धस्थित नयाँ बस्तीमा राखेका छन् । उनकै पैसाबाट किनेको घरमा बस्दै आएका बस्नेतले काठमाडौंमा आधा दर्जन घर भएको गफ पनि दिने गर्छन । पाँच बर्ष अगाडि मैतीदेबीकोे तीन फिटेबाटामा ढेड आना जग्गामा घर बनाउन भक्तपुरका ब्यापारी अनिल हेक्कासंँग लिएको १३ लाख रुपैयाँ बस्नेतले अहिले सम्म तिरेका छैनन् । नक्सा पास समेत नगरेको डेढ आना जग्गामा बस्नेतले एक–एक कोठाकोे पाँच तले घर निर्माण गरेका छन् ।

 जुन कानून बिपरित हो । काभ्रली समूहका ‘खतरा फाईटर’ आफू भएको दाबी गर्ने बस्नेत पछिल्लो समय डन चरी निकट थिए । चरीको ग्याङमा आबद्ध भएका बस्नेत राधे भण्डारीलाई खुकरी प्रहार गरेको अभियोेगमा पक्राउ परि छुटेका अभियुक्त पनि हुन । चरी इन्काउन्टरमा मारिएपछि बस्नेत घैंटेका मित समिरमान बस्नेतसँग हात मिलाउन पुगेका थिए । बस्नेतहरु एक काजी हुन् एक हुनुपर्छ भन्दै समिरको नाम लिइ उनी घैंटेसँग नजिक भएका थिए । घैंटेको इन्काउन्टरपछि संरक्षकको खोजीमा रहेका बस्नेत सुरक्षाका लागि अबैध पेस्तोल बोकेर हिड्न थालेका छन् । स्रोतका अनुसार पछिल्लो समय पत्रकारको आबरणमा अबैध धन्दामा सक्रिय केहि दलाललाई बस्नेतले बोकेर हिड्न थालेका छन् ।

Post a Comment

0 Comments