Subscribe Us

ग्याङ फाइटमा गोली चल्दा वाइवा घाईते

काठमाडौं । आइतबार साँझ जोरपाटी नारणटारमा गोली चल्दा सर्लाहीका २४ वर्षीय राजकुमार वाइवा घाइते भएका छन्। वाईबालाई दोलखा  घर भइ स्वयम्भु बस्दै आएका तेन्जिङ शेर्पाले गोली प्रहार गरेका हुन । गोली प्रहार गर्ने शेर्पालाई प्रहरीले तत्काल प्रक्राउ गर्न सफल भएको छ । 

गोली लागेका वाईबाको अवस्था सामान्य छ।  उनको गालामा चोट लागेको प्रहरीले जनाएको छ । शेर्पाको साथबाट प्रहरीले एक थान चाईनिज पेस्तोल सो पेस्तोलमा लाग्ने एक थान म्यागजिन बरामद गरेको छ । 

वाइवा केही दिनअघि साउदी अरबबाट नेपाल आएका थिए भने शेर्पा तस्करीमा मुछिएका व्यक्ति हुन । वाइवामाथि किन आक्रमण भयो भन्ने विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

ग्याङ फाइटको क्रममा गोली चलेको अनुमान प्रहरीले गरेको छ ।  दुई चार चार राउण्ड फायर भएको आवाज सुनेको स्थानीयले बताएका छन् । घटनाको महानगरीय अपराध महाशाखाको टोली र बौद्ध बृतको सयुक्त टोटीले अनुसन्धान सुरु गरेको छ ।

Post a Comment

0 Comments