Subscribe Us

आङकाजीलाई बिना र्शत नछाडे छानी छानी गोली हान्ने वाङगेल लामाको चेतावनी

काठमाडौं ।  महानगरीय अपराध महाशाखा टेकुले जनजाती महासंघका पूर्ब महासचिब आङकाजी शेर्पालाई पक्राउ गरी आबश्यक अनुसन्धान सुरु गरेको छ । शेर्पालाई साईबर क्राइम सम्बन्धी अपराधमा थप अनुसन्धानको लागी महाशाखाले महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको छ । 

जिल्ला अदालत काठमाडांैबाट ४ दिनको म्याद लिई शेर्पामाथी अनुसन्धान सुरु गरेको परिसरका डिएसपी दिनेश आर्चयले बताएका छन् ।

 समाजिक सञ्जाल फेसबुक र ट्वीटरको दुरुप्रयोग गर्दै शेरपाले सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै महाशाखाले उनलाई पक्राउ गरेको हो । महाशाखाबाट खटिएकोे टोलीले शेर्पालाई बुधवार दिउसो बौंद्धबाट नियन्त्रणमा लिएको थियो । 

शेर्पा पक्राउ पछि समाजीक सञ्जाल फेसबुकबाट सर्बसाधारणले प्रहरीको आलोचना भन्दा सय गुणा बढी प्रसंशा गरेका छन् । 

सर्बसाधरणको प्रशंसाबाट आतंकित भएका शेर्पाका समर्थक वाङगेल लामाले शेर्पाको बिरुद्ध प्रहरीको प्रशंसा गर्दै कमेन्ट गरेको भन्दै उनले लेखेका छन्, ‘हेर्दै जा माची टपरे हो कुन–कुन पर्छ ईन्काउन्टरमा हामीले पनि कालोसुचिमा नाम चडाईसकेको छु मुजि’ । 

 
यस्तै उनले उनकोे फेसबुक वालमा शेर्पालाई बिना शर्त नछाडे छानी छानी गोली हान्ने धम्कीसमेत दिएका छन् । 

टीकापुर घटनालाई लिएर आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गर्दै  प्रहरीलाई अनावश्यक लान्छना लगाउँदै आएका थिए । बिद्युतिय उपकरणको दुरुप्रयोग गरी कसैलाई गाली गलैज गर्नलाई साईबर क्राइम अन्र्तरगत मुद्दा चलाउने कानूनी प्राबधान रहेको छ ।

Post a Comment

0 Comments