Subscribe Us

यिनमा किन जाग्यो घैंटे बन्ने रहर,
चरी ईन्काउन्टर पश्चात डन तेजेन्द्रको संरक्षमा

काठमाडौं । प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न कडा कदम चालेपनि त्यसले टोले गुण्डालाई भने छोएको छैन । 

राजधानीका कुख्यात गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ र घैंटे नामले कहलिएका कुमार श्रेष्ठ प्रहरी ईन्काउन्टरमा मारिएपछि राजधानीका मै हुँ भन्ने डनको यति खेर भागा–भाग भएको छ ।
कोही रेलमा नयाँ दिल्ली पुगेका छन् भने कोही युरोपियन मुलक छिरिसकेका छन् । 

तर राजधानीका केही टोले गुण्डा भने गुण्डागर्दी झनै सक्रिय हुन थालेका छन् । यस्तै टोले गुण्डा मध्य एक हुन पेप्सीकोलाका फिप्टी भन्ने मनोज केसी ।

गत बर्ष प्रहरी ईन्काउन्टरमा मारिएका चरीको घनिष्ट साथी भन्दै हिड्ने केसी अहिले अर्का डन तेजेन्द्र गुरुङको नाम बेच्दै भक्तपूर, पेप्सीकोला र कोेटेश्वर क्षेत्रमा हप्ता असुलीमा सक्रिय हुन थालेका छन् । उमेरले २२ नकाटेका केसी दोलखाका हुन भने हाल गोठाटारमा बस्दै आएका छन् । 

सानै उमेरमा दर्जनै पटक पक्राउ परिसकेका केसी प्रहरीमा पटके हुन् । उनको समुहमा पुस्कर बस्नेत, बिप्लब, मनिष रायमाझी लगाएत छन् । 

‘आफूलाई वान मेन आर्मी’ भन्न रुचाउँने केसीले उज्जवल ढुंगानाको हात नै काटिदिएका थिए । उक्त केस उनले पाँच लाख दिएर मिलाएको उनकै सहयोगीले बताएका छन् । गुण्डा सर्कलमा जोनको नामले कहलिएका चरीका सहयोगीको केसीले आँखा नै फुटाएका थिए । काभ्रेका युबराज लामाको हात काटेर अपाङ्ग बनाएदिए । तैपनी उनलाई कानूनले छुन सकेन ।

ईन्काउन्टरमा चरी मारिएपछि उनि संरक्षण खोज्दै अर्का डन तेजेन्द्र गुरुङको ग्याङमा पुगे । गुरुङको आड भरोसामा केसीले अहिले पेप्सीकोला टाउन प्लानिङ क्षेत्रमा घर जग्गाको कारोबार गर्ने र घर बनाउने ठेकदारलाई धम्काउने र नगद असुल्दै आएका छन् । 

रक्सी पसल देखी रेष्टुरेन्टमा खाएको बिल उनले तिर्ने गरेका छैनन् । आफ्नै घर अगाडीको जुत्ता पसलबाट उनले मासिक सात हजार असुल्दै आएका छन् । फोहर मैलाको काम गर्ने चाबहिलका राजेश कटुवालसँग केसीले मासिक १५ हजार लिने गरेको उनि निकट स्रोत बताउँछ ।

Post a Comment

0 Comments