Subscribe Us

लोकतन्त्रमा यो जायज होइन,
बन्दको संस्कार बन्द गरौं

रोशन पाण्डे
रोशन पाण्डे
रोशन पाण्
विभिन्न माग राख्दै दिनहुँ भइरहेका बन्दका कारण मुलुकको आर्थिक अबस्था जरजर बनेको छ । तराईमा आन्दोलनरत विभिन्न समूहका कारण यातायात ठप्प हुँदा हाजारौं विद्यार्थीको भविश्य अन्योलमा परेको छ भने ब्यापारमा दैनिक करोडौं नोक्सान भइरहेको छ । 

सरकारले तराईका विभिन्न जिल्लाहरुबाट सवारी साधान र खाद्य सामाग्रीको ढवानी स्कटिङ गरेर राजधानी पठाएता पनि कतिदिनसम्म यसरी चल्ने ? कहिलेसम्म बन्द हुने

?कति दिनसम्म तराईवासीको जनजिवन त्रसित बनिरहने ? त्यसो त, कैलालीमा भड्कीएको हिंसात्मक गतिविधिपछि कर्फु लागेको छ ।  जसका कारण तराइको जनजीवन अस्तब्यस्त भएको छ । त्यसैले सरकार र आन्दोलनरत पक्षले तत्काल राजनीतिक समाधान नखोजे मुलुकमा ठूलो विपत्ति पुनः आइलाग्ने अहिले देखिएका गतिविधिले देखाएको छ । 

तराईमा आन्दोलनरत विभिन्न समूह, जनजाती, ३३ दल, मधेशी दलित, मुस्लिमलगायतका नाममा भइरहेका बन्दले मुलुकलाई अबश्य पनि फाईदा पु¥याउँदैन् । जसको दुरगामी असर सयौं पुस्ताले भोग्नु पर्नेछ । तत्काल आन्दोलनरत विभिन्न पार्टी र समूहले प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको बार्तामा सहभागी भई राज्य र जनताको सहयोगी बन्नुपर्छ । नत्र तराईमा आन्दोलनरत नेताहरुकै लोकप्रियता दिनप्रतिदिन घट्ने संभावना त्यतिकै छ भने जनता विवश भएर घरमै बस्नु पर्ने बाध्यता एक दिन नआउँला भन्न सकिन्न । 

त्यतिबेला अहिलेसम्मको विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी तराईका जनताले मात्र नभई मुलुकले नै गुमाउन सक्ने बाध्यता आउन सक्छ । त्यसैले मुलुकको आर्थिक स्थिति मजबुद नभई गरिने कुनै पनि आन्दोलनले दिगो रुप लिन सक्दैन । जसले जनतको भविश्य निर्धारण गर्न सक्दैन । नत त्यो मुलुकको हितमा हुन्छ, न जनताको । दिनदिनै भइरहेका आन्दोलन, बन्द र हड्तालबाट आजित भएका चितवनका उद्योगी व्यवसायीले स्वतःस्फूर्त विरोध गर्दै शान्ति ¥याली निकाली बन्दको विकल्प खोज्न समेत सरोकारवालास“ग माग गरे । 

कतिपय ठाउँमा उद्योगी, ब्यवसायीले बन्दको प्रतिकार गर्दै ब्यवसाय सुचारु गर्न थालेका छन् । आन्दोलनरत पक्षसँग माग गरेका छन् कि हामीलाई काम गरेन खान देऊ । कुनै पनि पार्टी, समूदाय वा जातजातीको अधिकार पाउन गरिने कुनै पनि प्रकारको आन्दोलनबाट अरुको अधिकार खोसिनु हुन्न । यो पनि हामीले विचार गर्नुपर्छ । लोकतन्त्रमा विधिको शासन अनुसार अगाडि बढ्नु पर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । 

नत्र यस्ता अराजक गतिविधिले तानाशाह जन्माउन मलजल पुग्ने भएकाले सम्पूर्ण आन्दोलनरत पक्षहरुले बार्ताको माध्यामबाट नै समस्याको समाधान खोज्नु उत्तम विकल्प हुन्छ । अर्कोतिर तराईमा भइरहेको आन्दोलनका कारण दिनहुँ मानवअधिकार हनन र गरिव जनतामाथि गोली ठोक्नु प्रवृत्ति हुर्किरहेको छ । त्यो पनि लोकतन्त्रमा जायज होइन । दलहरुको बहकाउमा लागेर सर्वसाधारण जनताले ज्यान गुमाइरहेका छन् । 

अराजक, पृथकतावादी, दक्षिणपन्ती शक्तिको आडभरोसामा जनताको सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीलाई घेरावन्दीमा पारी हत्या गर्न थालिएको छ । त्यो पनि सरासर गलत हो । सदियौंदेखि मिलेर बसेका समाजलाई हिंसात्मक बनाउन खोज्ने जो कोहीलाई कारबाही गर्न सरकार पछि हट्न हुन्न । नत्र छिमेकी मुलुकले समेत फाईदा लिन हिच्किचाउने छैनन् । बन्द र हड्तालका नाममा मुलुकलाई दिशाहिन बनाउँदा भएको क्षतिप्रति सरकार समयमा नै सजक नभए दक्षिण एशियाको सबैभन्दा गरिब मुलुक नेपाल हुने निश्चित छ ।  त्यसैले बन्दको संस्कार बन्द गर्रौं । बार्ताद्धारा नै सबै समस्याको समाधान

Post a Comment

0 Comments