Subscribe Us

नक्कली लाईसेन्स बनाउने तिवारी प्रहरी खोरमा

काठमाडौं । नक्कली सवारी चालक (लाईसेन्स) अनुमतिपत्र बनाएको आरोपमा काभ्रेका राम तिवारी पक्राउ परेका छन् । तिवारीलाई नुवाकोट प्रहरीको आग्रहमा महानगरीय अपराध महाशाखा टेकुले गत बिहीवार पक्राउ गरि नुवाकोट पठाएको छ । 

पक्राउ परेका तिवारीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी दिनेश आर्चायले बताए । केही महिनाअघि नुवाकोटमा भएको एक बस दुर्घटनामा चालकको सवारी अनुमतिपत्र नक्कली भेटिएपछि अनुसन्धानका क्रममा उक्त चालक अनुमतिपत्र तिवारीले बनाएको खुलेको थियो । 

सो दुर्घटनामा १५ जनाको मृत्यु भएको थियोे । काठमाडौंबाट रसुवा जाँदै गरेको बस बेलकोटमा दुर्घटनाग्रस्त भएको थियो भने चालक भने फरार भएका थिए । चालककोे पक्राउसँगै नक्कली लाईसेन्सको कारोबार गर्ने तिवारीको धन्दा खुलेको हो । प्रहरी र अदालतमा दलाली गर्दै आएका तिवारीले एक दशकअघि नक्कली लाईसेन्स बितरण गर्दै एक हजार भन्दा बढीसँग सक्कली पैसा लिएर नक्कली लाईसेन्स बनाएको उनी निकट स्रोतले बताएको छ । 

तिवारीले दई साताअघि मात्रा ज्यान मार्ने उद्योग मुद्दामा कालिमाटी बृतको हिरासतमा रहेका रमेश चौलागाँईलाई छुटाउन प्रहरीमा सेटिङ गर्नुपर्छ भन्दै उनकी श्रीमतीसँग एक लाख बुझेका थिए । भनेको दिन मुद्दा पेश नभएपछि तिवारीले प्रहरीको नाममा एक लाख कुम्ल्याएको समेत खुलासा भएको हो । तिवारीले अदालतका न्यायाधीशसँग राम्रो सम्बन्ध छ भन्दै पिडकसँग पैसा असुल्ने गरेको समेत बताइएको छ ।

देखावटी रुपमा गाडिको कारोबार गर्ने गरेतापनि तिवारीको अनेक दुई नम्बरी धन्दा भएको बुझिएको छ । उनले केही बर्ष पहिले क्यासिनोका जुवाडेलाई महंगो ब्याज दरमा लगानी समेत गर्ने गरेका थिए । सो क्रममा करिब आधा दर्जनलाई घरबहारविहिन बनाएको समेत खुलेको छ । स्रोतका अनुसार तिवारीको गिरोहले एक दशकअघि रानीपोखरी रहेको प्रहरी कार्यालयबाट प्रहरीको सेटिङमा नक्कली लाईसेन्स बनाउने धन्दा चलाएका थिए । 
स्रोतका अनुसार उनी त्यसताका नेपाल प्रहरीका प्रहरी जवानमा कार्यरत थिए । तिवारीले बनाएको नक्कली लाईसेन्सले बस चलाउँदा १५ जनाको मृत्यु भएपछि पछि सवारी चालक अनुमतिपत्रको अनुसन्धान गर्ने क्रममा एकदशक पछि उनी पक्राउ परेका हुन् । उक्त दुर्घटनामा दुई जना ईजराली र एक स्पेनिसको समेत मृत्यु भएको थियो भने सवारी साधनका मालिककी छोेरीको पनि मृत्यु भएको थियो ।

Post a Comment

0 Comments