Subscribe Us

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टोलीका कप्तानसहित चार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तानसहित चार जनालाई पक्राउ गरेको छ । कप्तान सागर थापासहित ४ खेलाडी र १ प्रशिक्षकलाई महाशाखाले बुधवार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कप्तान थापासहित अन्जन केसी, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई् रहेका ा उनिहरुलाइ महाशाखाबाट खटिएको टोलीले बालुवाटार, थापाथली र जावलाखेलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । संगठित रुपमा नै उनीहरुले लाखौं रकम लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गरेको प्रहरीको अनुसन्धान बाट खुलासा भएको छ । उनिहरुमाथि आबश्यक अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ । 

राष्ट्रिय खेलाडी समेत रहेका अन्जन केसी फुटवल प्रशिक्षक पनि हुन् । उनी थ्रि स्टार क्लवसँग आबद्ध छन् । विकाससिंह क्षेत्री, रितेश थापा गोल किपर हुन् । सन्दीप राइ डिफेन्डर हुन । स्रोतका अनुसार वंगलादेश र अफगानिस्तानको खेलमा उनीहरुले म्याच फिक्सिङ गरी ला्र्खै रुपैंया लिएका थिए । 

जारी राष्ट्रिय लिगमासमेत उनीहरुको संगल्नता पाईएको महाशाखाले जनाएको छ । पक्राउ परेका खेलाडीलाई प्रहरीले संगठित अपराध र राज्य बिरुद्धको मुद्दा चलाउँने तयारी गरेको छ । उनिहरुमाथि लगाएको अभियोग पुष्टि भएमा अभियुक्तहरुले कुनै राष्ट्रिय खेलमा भागलिन पाउँने छैनन् । 

Post a Comment

0 Comments