Subscribe Us

गुण्डालाई धुप बालेर पुजा गर्न सकिदैनः एसएसपी थापा

काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले हतियार बोकेर अपराधमा संगलग्न भएका अपराधीलाई हतियारबाटै जवाफ दिने चेतावनी दिएका छन् । 

आईतवार परिसरमा आयोजीत पत्रकार  सम्मेलनलाई सम्बोधन गर्दै एसएसपी थापाले हतियार भिरेर हिँड्नलाई धुप बालेर पूजा गर्न नसकिने भन्दै गुन्डागर्दी निर्मुल पार्ने दावी गरेका हुन । 

थापाले गुन्डागर्दी निमुर्ल पार्न थ्रि एसको रणनीति समेत सार्वजनिक गरेका छन् । थापाले आम जनताको सुरक्षा माथि धावा बोल्ने, सुरक्षाकर्मी माथि नै हतियार उठाउने विरुद्ध प्रहरी जाइलाग्ने चेतावनी दिएका छन् । थापाले थ्रि एस योजनामा स्वीप, स्क्रेनिङ र सुट आउट रहेको जानाएका छन् । सो योजना अन्तर्गत पहिलो चरणमा गुन्डागर्दी बर्ढाने, दोस्रो चरणमा संझाउने अनि मानेन भने तेस्रो चरणमा सुट आउट गर्ने रणनीति रहेको एसएसपी थापाले जानकारी दिए।

राजनीतिक दबाबलाई अस्वीकार गर्ने दावी गरेका उनले संगठित अपराध निस्तेज पार्न बी डब्लु पी पोलिसिङ ल्याएको जानकारी दिए । ब्रोकन उडन्डोज थेउरी पोलिसिङ अन्तर्गत अपराध र अपराधिको कोपिला नै निमोठ्ने बताएका थापाले भने, ‘गुन्डा भन्ने शब्द कसैको डिस्नरीमा छैन, कसैकोमा छ भने च्यातेर फालिदिन्छु।’लागू औषध दुब्र्यसनीको मुख्य जड सुर्ती र सुर्तीजन्य पदार्थ भएको भन्दै उनले पहिलो चरणमा अव प्रहरीले काउन्सेलिङ गर्ने बताए। त्यसपछि पनि नमाने कानुनी दायरामा ल्याउने उनको योजना छ ।

Post a Comment

0 Comments