Subscribe Us

ईन्काउन्टरमा परेका घैंटेका सहयोगी तथा चरीका दुस्मन राधे पक्राउ

काठमाडौं । फरार रहेका गुण्डाका सदस्य राधे भन्ने राधाकुष्ण भण्डारी पक्राउ परेका छन । भण्डारीलाई धादिङ प्रहरीले सोमवार पक्राउ गरेको हो । प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी उफ चरीलाई दुई बर्ष अगाडी काठमाडौंको सतुङगलमा ज्यान लिने मनशायले गोली प्रहार गरेको अभियोग राधे माथि लागेको छ । 

उक्त अभियोगमा जिल्ला अदालत काठमाडौंले राधेलाई धरौंटीमा छाड्न आदेश दिएपनि पुनराबेदन अदालत पाटलने बदर गरेपछि राधे पुनः वान्टेड भएका थिए । चरीलाई गोली प्रहार गरेपछि राधे तत्काल पक्राउ परेका थिए ।   तर जिल्ला अदालत काठमाडौंले राधेलाई एक लाख धरौंटीमा छाड्ने आदेश दिएपछि उनि रिहा भएका थिए ।

 जिल्ला अदालतको आदेश चित्त नबुजेको भन्दै सरकारी वकिलले १७ नम्बरको निबेदन  पुनराबेदन अदालतमा दर्ता गरेको थयो । निबेदन माथि आदेश गर्दै पुनराबेदन अदालतले राधेलाई धरौंटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा राख्ने आदेश दिएपछि राधे पुनः फरार भएका थिए । 

राधेमाथि ज्यानमार्ने उद्योग र हातहतियार तथा खरखजना मुद्दा चलेको छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दा बिचाराधिन अबस्थामा छ । कुनै समय चरीकै समुहमा आबद्ध राधे पछिल्लो समयमा अर्का प्रहरी ईन्काउन्टरमा मारिएका घैंटेका मित तथा बाफलका गुण्डा नाईके समिरमान बस्नेतका सहयोगी हुन । घैंटे र बस्नेतले पछिल्लो समय राधेलाई तुरुपको रुपमा प्रयोग गर्दै आएका थिए । चरीलाई गोली हान्नपनि घैंटे र समिरको योजनामा भएको स्रोत बताउँछ । 

Post a Comment

0 Comments