Subscribe Us

घैंटेको दाहासंस्कार रोक्न डन देखी नेतासम्मको दबाब

काठमाडौं । तिन महिना अघि प्रहरी ईन्काउन्टरमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ उफ घैंटेको शबको दाहासंस्कार गर्न नपाएको भन्दै उनकोे श्रीमतीले प्रहरी समक्ष हार गुहार गरेकी छिन । 

घैंटेको शबको दाहासंस्कार नर्गन कांग्रेसका केही नेताले आफूलाई धम्क्याउने गरेको गुनासो उनको छ । 

तिन महिना अघि प्रहरी ईन्काउन्टमा घैंटेको सामाखुसीमा गोली लागेको थियो । गोली लागी घाईते भएका घैंटेको उपचारको क्रममा  शिक्षण अस्पातालमा मृत्यु भएको थियो । 

मृत्यु पच्चात काग्रेसका नेता तथा सभासद् जगदिशनरसिंह केसीलगाएतका आधा दर्जन नेताले न्यायिक छानबिनको माग गर्दै आएका थिए । 

तर सरकारले प्रहरीसँग भएको दोहोरो भिड्न्तमै घैंटेको मृत्यु भएको जानकारी संम्सदलाई गराएपछि उनिहरु घैंटको लासमाथि राजनीति गर्दै आएका छन् । घैटेको श्रीमतीले शब बुजेर दाहाशंस्कार गर्छु भन्दापनि काग्रेसी नेताले दबाब दिन गरेको स्रोत बताउँछ ।

 राजधानीका अर्का कुख्यात डन तथा घैंटेका मित समिरमान बस्नेतले समेत शको दाहासंस्कार नर्गन धम्की दिने गरेको पारिवारीक स्रोतले बताएको छ । घैंटे ईन्काउन्टर पछि फरार रहेका बस्नेतले आफ्नो श्रीमती मार्फत घैंटेका परिवारलाई घंैटेको शबको दाहासंस्कार नर्गन धम्की दिने गरेको सुचना महानगरीय प्रहरी परिसर काठमाडौंले पाएपछि बस्नेतको श्रीमतीलाई समेत पक्राउ गरी सोधपुछ गरेको परिसर स्रोतले बताएको छ । 

Post a Comment

0 Comments