Subscribe Us

एक हजार ९ सय लिटर पेट्रोलसहित सात पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने सातजनालाई कलङ्कीबाट पक्राउ गरेको छ । अवैधरुपमा एक हजार ९ सय लिटर पेट्रोल भण्डारण गरि कालोबजारी गर्ने समुहलाइ महाशाखाकोे टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा  

काठमाडौँका कपिल बुढाथोकी, पर्सा जिल्ला घर भएका हरिप्रसाद तिमिल्सिना, टङ्कप्रसाद तिमिल्सिना, घनश्याम रिसाल, तोकबहादुर पाख्रिन, रत्नबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका गङ्गाकुमार श्रेष्ठ रहेका छन् । 

कलङ्कीस्थित कपिल बुढाथोकीको घरमा विभिन्न व्यक्तिहरूले नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेको भन्ने सूचनाको आधारमा बुधवार बिहान ६ बजे पुगेको महाशाखाको टोलीले खानतलासी गर्दा उक्त परिमाणकोे पेट्रोलियम पदार्थ फेला परेको महाशाखाले जनाएको छ ।  

खानतलासी गर्दा बुढाथोकीको घर अगाडि टिनको टहरो लुकाइरहेको अवस्थामा एक हजार ७१० लिटर पेट्रोल र सोही स्थानमा रहेको बा१ज ६९६८ नं को ट्याक्सीभित्र जर्किनमा राखेको १९० सहित जम्मा एक हजार ९०० लिटर पेट्रोल फेला पारेको होे । 

पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments