Subscribe Us

किन बोके लेखापालले पेस्तोल ?

काठमाडौं । महानगरीय प्रहरी बृत्त बानेश्वरले अबैध कटुवा पेस्तोलसहित बिद्यालयका लेखापाललाई पक्राउ गरेको छ । 

बृत्तबाट खटिएको टोलीले डडेलधुराका भूपेन्द्र कार्कीलाई बिहीवार बानेश्वरबाट पक्राउ गरेको होे । 

कार्कीको साथबाट एक थान कटुवा पेस्तोल,एसएलआरको गोली तिन राउण्ड र एक खुकुरी बरामत भएको बृत्तका डिएसपी दानबाहादुर कार्कीले बताएका छन् । 

गत महिना युवती जिस्क्याएकोे बिषयमा प्रहरीले कार्कीलाई केही सार्बजनिक अपराध ऐेन अनुसार कारवाही गरेको थियो । उनले उक्त हतियार कुन प्रयोजनको लागी बोकेको र काँहाबाट ल्याए भन्ने कुराको अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिए । 

Post a Comment

0 Comments