Subscribe Us

राजनीतिक दबाब झेल्न सक्ने र आर्थीकमा नफस्ने एसएसपी थापा काठमाडौंमा

काठमाडौं । गृह मन्त्रालयले सुक्रवार नेपाल प्रहरीका ३५ जना एसएसपीको सरुवा गरेको छ । सरुवामा आकर्षक मानिएको महानगरीय प्रहरी परिसरमा काठमाडौंमा एसएसपी बिक्रमसिंह थापाले बाजी मारेका छन् ।

परिसर आउन आधा दर्जन एसएसपी दौडधुपमा लागेका थिए । थापालाई एक बर्ष अगाडी नै आईजीपी उपेन्द्रकान्त अर्यालले काठमाडौंको जिम्मा दिन खोजेका थिए । तर राजनीतिक दबाबका कारण अर्याल फेल खाएका थिए । गृह सचिव सूर्य सिलवालकोे सिफारिसमा त्यसताका एसएसपी उत्तम कार्कीको सरुवा परिसमा भएको थियो । 

अहिलेपनि परिसरमा एसएसपी राजेन्द्रमान श्रेष्ठ, यादब खनाल, दिनेश अमात्य, केदार रिजाल लगाएतको दौडधुप थियो । तर आईजीपी अर्यालले राजधानीलाई अपराध मुक्त बनाउन काठमाडौं परिसरको जिम्मा एसएसपी थापालाई दिएका हुन । राजधानीमा राजनीतिक दबाब झेल्न सक्ने र आर्थीकमा नफस्ने अधिकृतको खोजीमा अर्याल थिए ।  

ललितपुर, बाँके, रुपन्देही, सिराहा लगाएतका जिल्लामा थापाले उत्कृष्ट काम गरीसकेका छन् । सबैलाई किन्न सक्ने ललितपूरको युनिटी टावर नामक नेटवरकिङ  सस्थालाइ थापाले कारवाहीको दायरमा ल्याउन सफल भएका थिए । 

प्रहरी कार्यालयकै छेउमा युनिटीक टावरको नाममा भएको अवैध धन्दालाई थापाले तहसनहस बनाए । जब छानबिन थाले एसएसपी थापालाई करोडौंको प्रस्ताव आयो । अनुसन्धान नगरे जे मागे त्यही दिनेभन्दै प्रभावमा पार्न खोजिएको थियो । तर लाखौं नेपाली डुबेको देखेपछि एसएसपी थापाले सम्झौता गर्न मानेनन् । केही संचालक र कर्मचारीलाई पक्राउ गरी छानबिन अघि बढाए ।

त्यसपछि देशभरीका युनिटीका नाइकेहरुको भागाभाग भयो । ललितपुर प्रहरीले मात्र एक सय १२ जना विरुद्ध मुद्दा दायर गरेको थियो । अध्यक्ष काशी गुरुङ, प्रबन्ध निर्देशक बिष्णु क्षेत्री, निर्देशक कृष्ण क्षेत्रीलगायत फरार भई भारत भागे । काशी गुरुङ २ वर्षअघि पक्राउ परे भने क्षेत्री दाजुभाई हालै प्रहरी फन्दामा परेका छन् ।

एसएसपी थापाकै अडानका कारण युनिटीको ठगी धन्दा रोकिएको थियो । त्यस्तै गृहले एसएसपी रमेश खरेललाई प्रहरी एकेडेमी, राजेन्द्रमान श्रेष्ठलाई प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा सरुवा गरिएको छ । नारायणीमा नारायणसिंह खड्का, लुम्बिनीमा शेर बहादुर बस्नेत, मेचीमा केदार रिजाल, गण्डकीमा महेन्द्र पोखरेललाई जिम्मेवारी दिइएको छ । 

Post a Comment

0 Comments