Subscribe Us

मजदुर मारा सांग्रीलाका मालिक

काठमाडौं । लाजिम्पाटस्थित होटल साँग्रीलाले सयौं मजदुरको रोजीरोटीमा लाद हान्दै क्यासिनो मजदुरकोे बिजोग बनाएको छ । क्यासिनो हत्याउने  र अर्कालाई करोडौं फाईदा खाएर बेच्ने तर मजदुरलाई भने आश्वासन मात्र दिने गरेका कारण उनीहरु ठगिएका हुन् ।

होटलका मालिकले काम लगाएको ज्याला समेत दिएका छैनन् । नेपालमा पछिल्लो समय क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेपछि अधिकांश क्यासिनो घाटामा सञ्चालन भइरहेका छन् । राजश्व, कर्मचारीको तलब र होटल भाडा तिर्न नसकेपछि अधिकांश क्यासिनो सञ्चालकहरु क्यासिनोको करोडौं लगानी छाडेर विदेश भाग्न थालेका छन् । 

जसको फाईदा होटल मालिकलाई पुग्न थालेको छ । एक क्यासिनो साँग्रीला होटलका मालिकले पाँच पटकसम्म बिक्री गरेका छन् । क्यासिनो बिक्री गर्दै होटल मालिक मालामाल हुन्छन् । तर राजश्व र कर्मचारीको तलब भने क्यासिनो सञ्चालकसंगै गायब हुन्छ । साँग्रीला क्यासिनो पाँच बर्षको अबधिमा आधा दर्जन भन्दा बढी समूहले सञ्चालन गरिसकेका छन् । १ डिसेम्बर २०१० मा उक्त क्यासिनो होटल अन्र्तगतको स्टार म्यानेजमेन्ट प्रालीले सञ्चालन गर्ने सहमति होटल पक्ष र क्यासिनो मजदुरबीच भएको थियो । 

उक्त समयमा होटलले नयाँ म्यानेजमेन्ट आएपछि क्यासिनोमा कार्यरत कर्मचारीहरुले पाउँनु पर्ने रकम सेवा र खाई पाई आएकोे तलब सुबिधा नयाँ सञ्चालक आएपछि दिलाउँने बिश्वास दिलाएको थिए । तर अहिले नयाँ सञ्चालक आएपछि होेटलवालाले क्यासिनो मजदुरको नाममा दलाली गर्ने केही व्यक्तिलाई लाखै रुपैंया दिएर क्यासिनो सञ्चालन गर्न थालेको आरोप लागेको छ । 

Post a Comment

0 Comments