Subscribe Us

प्रहरी श्रीमतीको जुवा अखडा

  1. काठमाडौं । दशै र दिपावली नजिकिए सँगै जुवाडेहरुकोे दिनचर्यापनि फेरिन थालेको छ । केही जुवाडेले घर भाडामा लिएर वा आफ्नै घरमा व्यवसायिक रुपमा जुवा खेलाउन थालेका छन् ।
  2.  बषैं देखी जुवा खेलाउँदै आएकि भिमसिन गोलाकि अन्जु कार्कीले कहिले आफ्नै घरमा त कहिले भाडामा लिएको भिमसेनगोलाकै अर्को घरमा जुवा खेलाउँदै आएकि छिन् । 


प्रहरीको छापाबाट बच्न उनले प्रिपेड मोबाईल नाम दिएर जुवा खेलाउन थालेकि हुन । कार्की जुवा खेलाएको तथा खेलेको आरोपमा पटक पटक पक्राउ परेकी जुवाडे हुन । उनि नेपाल प्रहरीका एक बहालवाला प्रहरी निरक्षककी श्रीमति समेत हुन । 

जुवा खेलेको र खेलाएको आरोप कार्कीलाई उनकै श्रीमानले पटक पटक पक्राउ गर्न लगाएका छन् । उनि जस्तै जुवा खेलाउनेमा तारा रिजाल पनि हुन । 

रिजालले चाबहिलको मेडिकेयर अस्पताल पछाडिकोे घरमा क्यासिनो शैलीमा जुवा खेलाउदै आएका छन् । तेस्तै सिनामंगलमा अनिता तंमाङ, बालुवाटारमा राम लामाले मिनी क्यासिनो शैलीमा जुवा खेलाउन सुरु गरेका छन् । जुवाडे रानी अधिकारीले पनि आफ्नै पुरानो बानेश्वरस्थित घरमा जुवा खेलाउन थालेकी छिन् । 

Post a Comment

0 Comments