Subscribe Us

काँग्रेसको झण्डा ओढेर चन्दन तस्करी

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता तथा सांसद मोहन बस्नेतले प्रतिबन्धित रक्तचन्दनको तस्करी गरिरहेको रहस्य खुलेको छ । 

गत शनिबार तातोपानी बाटो खुलेको उपलक्ष्यमा आयोजीत कार्यक्रम सम्बोधन गर्न तातोपानी पुगेका नेता बस्नेतले आफू जाने क्रममा गाडीमा रक्तचन्दन तस्करी गरी तातोपानी पु¥याएको स्रोतले बताएको छ ।

 नेता बस्नेतसहित उनका कार्यकर्ता चारवटा गाडीमा काँग्रेसको झण्डा हालेर तातोेपानी पुगेका थिए । ती चार मध्ये एक जीपमा आठ सय किलो रक्तचन्दन लोड गरी तातोपानीकोे दश किलोमा झारेर चाईना पास गरेको स्रोतले बतायोे ।

चन्दन झारेर फर्किएको जीप स्थानिय युवाको समूहले तोडफोड समेत गरेका थिए । तातोपानी नाका पूर्णरुपमा बन्द रहेको अबस्थामा त्यहाँ रहेका सेनाको सेटिङमा रक्तचन्दन खासा पारी पु¥याइएको स्रोत बताउँछ । बस्नेतसंगै डन दीपक मनाङ्गेका विशेष सहयोगी जाङबु शेर्पा पनि तातोपानी पुगेका थिए । 

सुन, स्याउ र पछिल्लो समय चन्दन तस्करीको आरोप लागेका शेर्पा  र अर्का गुण्डा दीपक श्रेष्ठको समूहले नेता बस्नेतको आडमा ठमेलको चन्दन खासा पु¥याएका हुन् । जाङ्बोे मनाङ्गेको सिन्धुपाल्चोक हेर्ने खास मान्छे हुन् । मनाङ्गेको आडमा जाङ्बुले सिन्धुपाल्चोकको नाका हुँदै स्याउ तस्करी गरिरहेका छन् । 

हिजोआज उनी गुण्डागर्दीमा समेत लागेको स्थानिय स्रोतले बतायो । मनाङ्गे र जाङ्बुको भेट डिल्लीबजार कारागारमा भएको थियो । बन्यजन्तु तस्करी गरेको आरोपमा जाङबु जेल पुगेको थिए भने मनाङ्गे ज्यानमार्ने अद्योग मुद्दामा । अहिले पनि जाङबुले मनाङ्गेको आडमा गुण्डागर्दी र तस्करी गरिरहेका छन् । सिन्धुपाल्चोका अर्का डन सगुन जेल चलान भएपछि नेता बस्नेतले आपराधिक क्रियाकलापमा जाङबुलाई प्रयोग गर्न थालेका हुन् । 

पार्टीको कार्यक्रममा बस्नेतलाई जाङबु परिचालन गरेर सहयोग लिँदै आएका छन् भने बस्नेतले अबैध धन्दामा सघाउँदै आएका छन् । सिन्धुपाल्चोकमा सांसद बस्नेतले गुण्डागर्दी तरिका पार्टी चलाउने गरेको आरोप लाग्दै आएको छ । संबिधान जारी भएको खुशियालीमा दुई साता अगाडी सिन्धुपाल्चोक तरुण दलले गरेको दिपावली कार्यक्रममा समेत जिल्लाका अधिकांंश नेताले बस्नेतले गुण्डागर्दी शैलीको विरोध गरेका थिए । बस्नेतलाई जिल्लामा गुण्डाका संरक्षक र तस्करका सहयोगी भएको आरोेप लाग्ने गरेको छ । 

Post a Comment

0 Comments