Subscribe Us

डिएसपीका नाममा सुन्धारामा असुली

काठमाडौं । इन्धन समस्याका कारण देशमा हाहाकार मच्चिरहेको छ । तर, काठमाडौंका केही डन भनाउ“दाहरु भने ग्यासको अभावमा बन्द हुन लागेका रेष्टुरेन्ट र बारबाट समेत प्रहरीका नाममा रकम असुलिरहेका छन् । पहिला सुन्धाराको धरहरा क्लवमा बाउन्सर रहेका बाबु घिसिङले महानगरिय प्रहरी बृत्त जनसेवाका डिएसपी विनोद घिमिरेको नाममा त्यहा“का रेष्टुरेन्टहरुबाट दशै खर्च भन्दै पैसा उठाइरहेको पीडित व्यवसायीले बताएका छन् ।
सुन्धारा क्षत्रका अधिकांश दोहोरी साझ, डान्स रेष्टुरेन्ट, क्लव तथा होटलहरुबाट पाच देखि १० हजारका दरले घिसिङको समूहले पैसा उठाएको एक रेष्टुरेन्टका सञ्चालकले बताए । आफू नै सुन्धाराको डन र प्रहरीहरुस“ग सेटिङ मिलाउन सक्ने व्यक्ति भन्दै घिसिङले पैसा उठाउने गरेको स्रोतको भनाई छ । उनलाई पैसा उठाउन डिएसपी घिमिरेले लगाएका हुन् कि घिमिरेको नाममा आफैले खान लागेका हुन् त्यो भने खोजीको विषय बनेको छ ।

शुरुमा धरहरा क्लवमा बाउन्सर रहेका घिसिङले एक रेष्टुरेन्ट हडपेर धमाल नामको रेष्टुरेन्ट खोलेका थिए । उनी जनसेवाका केही प्रहरीलाई हातमा लिएर सुन्धारामा राज गर्दै आएका छन् । बेलाबेलामा गुण्डागर्दीको आरोपमा पक्राउ परी छुट्दै आएका घिसिङ चेलीबेटी बेचविखन र हतियारको मुद्दामा पनि पक्राउ परी छुटेका व्यक्ति हुन् । यूनाइटेड पोष्टबाट

Post a Comment

0 Comments