Subscribe Us

भष्ट्रचारी नेतालाई २० लाख उपचार खर्ज

काठमाडौं । भष्ट्रचारी नेता खुमबाहादुर खड्कालाई सरकारले २० लाख रुपैंया उपचार खर्ज निकासा गर्ने निर्णय गरेको छ । सुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । 

दुबै मृगौला फेल भएका  खड्का दिल्लीको मेदान्त अस्पतालमा उपचाररत छन्। तेस्तै सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनका लागि भारतसँग वार्ता गर्न परराष्ट्र मन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। 

टोलीमा मुख्य सचिव बाणिज्य तथा आपूर्ति सचिव सदस्य रहेका छन्। टोलीले भारतसँग कुटनीतिक वार्ता गरी नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनेकाम गर्नेछ।

यस्तै पेट्रोल आयातको बैकल्पिक उपाय र मागबारे उपयुक्त बिधिको अध्ययन गर्न वाणिज्य मन्त्रीको अध्यक्षतामा मुख्य सचिव, अर्थ सचिव र वाणिज्य सचिवको टोली बनाउने निर्णय गरेको छ। यस्तै बैकल्पिक उर्जा प्रवर्धन तथा उत्पादनका उपायबारे अध्यनका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा उर्जा सचिव, वातावरण सचिवसहितको अर्को टोली बनाउने निर्णय गरेको छ।

अस्पतालमा अत्यावश्यक समानहरूको आपूर्तिमा भइरहेको समस्याबारे छलफलका लागि परराष्ट्रमन्त्रीको संयोजकत्वमा बार्ता टोली बनाएको छ। यस्तै महिलाको पाठेघरको क्यान्सर जोखिमबारे पहिले नै ध्यान दिइ परीक्षणका लागि देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न ‘पाप स्नेयर टेस्ट’ व्यवस्था मिलाउने निर्णय गरेको छ।

यस्तै भूकम्पले गरेको क्षतिको पुनःनिर्माणको कार्यविधि तयार भएको छ। भूकम्पले क्षतिग्रस्त घरहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। यस्तै उर्जा सचिवलाई विद्युत प्राधिकरणको प्रमुखमा नियुक्त गरेको छ।
द्वन्द्वकालमा मारिएका १६४ जना प्रहरी परिवारलाई रकम निकासा गर्ने निर्णय गरेको छ। नेशनल ट्रेडिङको प्रमुखबाट पूर्ण शंकर डिसीलाई हटाएर सत्य नारायण मेहतालाई नियुक्त गर्ने निर्णय गरेको छ। विद्यार्थी वित्तीय सहयोग विकास समितिको कार्यकारी निर्देशकमा केदारप्रसाद शाहलाई नियुक्त गरेको छ।

Post a Comment

0 Comments