Subscribe Us

डन घैंटेको शव र सम्पत्ति लिन तछाड–मछाड

काठमाडौं । प्रहरी ईन्काउन्टरमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ उर्फ घैंटेको शव महिनौदेखि लावारिस बनिरहेकै बेला उनको लास बुझ्न र सम्पत्ति हत्याउन हानथाप सुरु भएको छ । तीन महिनाअघि प्रहरी ईन्काउन्टरमा मारिएका घैंटेको सम्पत्ति हत्याउन घैंटेको सहयोगी बताउने केही आफ्न्त र नेतासम्मले उनकोे कालो धनमाथि आँखा गाडेको रहस्य खुलेको छ । तीन महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा अलपत्र परेको घैंटेको लास दाहासंस्कार नहुँदै सम्पत्तिको भागवण्डा बैठक बस्न थालेको स्रोतले बतायो । गत शनिवार सामाखुसि युवा क्लबमा भएको बैठकमा काँगे्रस नेता जगदिशनरसिंह कसीले घैंटेका छिमेकी र आफन्तकै अगाडि गजुरमुखी कम्पनी आफ्नो नाममा हुनुपर्ने अडान राखेपछि टोलमा खैलाबैला मच्चिएको थियो ।
घैंटे ईन्काउटरमा मारिनु भन्दा २५ दिन अगाडि मकाउ पुगेकी उनकी श्रीमती दाहसंस्कारका लागि काठमाडौं आएपछि घैंटेको सम्पत्ति खोज्नेको भने होसहवास उडेको छ । घैंटेको दाहासंस्कार गर्न नेता केसी, दाजु बताउने राजु श्रेष्ठ र बाफलका समिरमान बस्नेतले रोकावट गरेपछि घैंटेकी श्रीमती प्रहरीको शरण पुगेकी थिइन् ।
आफू घैंटे भनिने कुमार श्रेष्ठको श्रीमती भएकोे दाबी गर्दै दाहासंस्रकाको लागि शब मागेपछि प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा स्थानिय टोलबासी र घैंटेका छिमेकीले श्रीमती दाबी गर्ने पिङ्की शेर्पा नै घैंटेको श्रीमती भएको सनाखत गरेका छन् । घैंटे र पिङ्कीबीच प्रेम विवाह २०६८ सालमा भएको थियो । त्यसपछिका दिनमा उनीहरु दुवै सँगै बस्दै आएको स्थानियले बयान दिएका छन् । स्थानियको बयानसँगै अब घैंटेको दाहसंस्कार हुने निश्चित भएको छ । उता घैंटेको सम्पत्तिमाथि आँखा गाड्नेहरुको भने होसहवास उडेको छ । श्रीमती पिङ्कीले शब बुझ्न कानुनी प्रक्रिया अगाडि बढाएपछि घैंटेका दाजु दाबी गर्ने राजु श्रेष्ठ समेत शब बुझ्न आईतवार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । प्रहरीले श्रीमती पिङ्की र छोरीको रोहवरमा घैंटेको शब जिम्मा लगाएको जनाएको छ । स्रोतका अनुसार उनको शब मंसिर २ गते दाहासंस्कार हुने छ । 
 घैंटेको सम्पत्तिमाथि क–कसको आँखा ?
प्रहरी स्रोतका अनुसार घैंटेका अबैध सम्पत्ति नेतादेखि गुण्डा र ठेकेदारले समेत चलाउँदै आएका थिए । सम्पत्ति सुद्धीकरणको डरले घैंटेले आफ्नो नाममा केही सम्पत्ति नराखी आफ्ना सहयोगी तथा व्यवसायिक साझेदारका नाममा राख्ने गरेका थिए । जसको फाईदा घैंटे ईन्काउटरपछि उनीहरुलाई भएको प्रहरी स्रोत बताउँछ ।
गजुरमुखी निर्माण सेवामा घैंटेको पैसामा नेता जगदिशनरसिंह केसीकी श्रीमतीका नाममा शेयर रहेको पुष्टि भईसकेको छ । त्यस्तै, लाजिम्पाटमा रहेको फ्राइडे नामक रेष्टुरेन्टमा डन घैंटेको ६० लाख लगानी रहेको छ । तर उनका पाटर्नर राजेश काफ्ले भने घैंटेले उल्टै आएर आफ्नो रेष्टुरेन्टमा थर्काएर खाने गरेको बयान प्रहरीसमक्ष दिएका छन् । मकाउ जानु अगाडि घैंटेकै श्रीमती पिङ्की शेर्पाले उक्त रेष्टुरेन्टको हरहिसाब राख्दै आएकी थिईन् । योबाट पनि उक्त रेष्टुरेन्ट घैंटेको भएको पुष्टि हुन्छ  । त्यसैगरी, काफ्लेको नाममा एयर एसियामा करोडौं रुपैयाँ लगानी रहेको प्रहरीको दाबी छ ।
उक्त लगानी बारेमा समेत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घैंटेका सहयोगी शान्त महर्जनको नाममा करोडौं रुपैंया तथा बसपार्कमा २६ आना जग्गा घैंटेले महर्जनको नाममा राखेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । बाफलका डन समिरमान बस्नेतले एक करोड भन्दा बढी घर बनाउन सापटी लगेको घैंटे निकट स्रोतले बतायो । सिफलका गुण्डा हबल्दार भन्ने प्रतिक श्रेष्ठको नाममा तीन वटा टिपर र ५० लाख भन्दा बढी रकम रहेको बताइएको छ । त्यसैगरी, अन्य ठेकेदारहरुसँग पनि घैंटेको ठूलो लगानी रहेको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घैंटेको लगानी रहेका व्यक्ति र व्यवसायीमाथि पनि अनुसन्धान भईरहेको छ । लगानी गरेका व्यक्तिले त्यसको आयस्रोत देखाउन नसकेको खण्डमा सम्पत्ति शुद्धीकरण अन्र्तगत मुद्दा चलाईने प्रहरीले बताएको छ । 

Post a Comment

0 Comments