Subscribe Us

महानगरीय प्रहरीले नियन्त्रण गर्न नचाहेको अपराध,
पाँचतारे होटल देखी अपाटमेन्टको कोठामा जुवा अखडा

काठमाडौं । राजधानीका अधिकांस क्यासिनो बन्द हुनुको साथै नेपाली प्रबेशमा बन्देज लागेपछि जुवाडेहरुले सुरक्षीत स्थलको खोजी गर्दै पाँचतारे होटल, रिसोेट र अपाटमेन्टमा जुवाको अखडा थाप्न थालेका छन् । जुन अखडामा करोडौंको हार जित हुदै आएको छ । 
तर प्रहरी यस बिषयमा सम्पूण कुराको जानकारी हुँदा हुदै पनि नियन्त्रण गर्न छोडेर मासिक नजराना लिने गरेको स्रोत बताउँछ । गएको दशै र तिहारको एक महिनाको अबधिमा मात्र राजधानीको प्रत्येक जुवा अखडामा करोडौं रुपैंयाको हार जित भएको थियो । भने आजभोली पनि सो जुवा अखडाहरु संञ्चालनमा छन् । 

समाचार स्रोतका अनुसार दरबारमार्गको होटल याक एण्ड यति र अन्नपूण कुपण्डोलको ईप्पेरियल अपान्टमेन्ट, डिल्ली बजारकोे प्रभु राणाको घर, रानीवारीस्थित ओशो रिसोट अहिले जुवाडेको लागी सुरक्षीत जुवा खेल्ने अखडाको रुपमा परिणत हुन थालेको छ । राम्रै आम्दानी हुने भएपछि रिसोट र होेटलमालिकै संरक्षणमा जुवा खेलाउँन थालिएको रिसोटका एक कर्मचारीले बताएका छन् । जुवाडे अमर तमाङ, अशोक श्रेष्ठ र राम तमाङ, रानी अधीकारी, अनिता लामा राम तंमाङले जुवा खुलाउँदै आएका छन् । 

एकै दिनमा यस्तो जुवा अखडामा करोडौंको हारजीत हुँदै आएपनि प्रहरीले नियन्त्रणको प्रयास गरेको छैन । गत साता गौशालामा व्यसायिक रुपमा जुवा खेलाउँदै आएका केशबध्वज राणा र उनका छोरा अभिषेक राणासहित १७ जनालाइ प्रहरीले २० लाख नगदसहित पक्राउ गर्नुको कारणसमेत प्रहरी स्वम जुवामा हारेपछि छापा मारिएको एक जुवाडेले बताएका छन् । 
उक्त जुवा अखडा गौशाला प्रहरी बृतको ढोकाबाट सय मिटर अगाडी पर्छ । जुन अखडामा दशै देखी तिहारसम्म करोडौ रुपैंयाको हारजित भएको थियो । जुवा खेलाएकै भरमा राणा परिवारले दिनको दश लाख सम्म असुल्दै आएका थिए । यस्तै राम तंमाङले  जुवा खेलाउँनको लागी गौंरीधार र चप्पल कारखाना पछाडी दुई घर नै बिगत १० बर्षदेखी भाडामा लिएर अखडा सञ्चालन गर्दै आएका छन् । 

जुवा खेलाएकै भरमा तमाङसंग करोडौं रुपैंया बराबरको सम्पत्ती जोडेका छन् । उक्त सम्पत्तीको स्रोत खोज्ने हो भने लामाको सबै सम्पत्ती जफत हुने उनकै समकक्षी बताउँछन् । अबैध रुपमा अमेरीकामा मानबतस्करी गर्दै आएका गोपाल बुढाथोकी, रामकृष्ण कुवँर, मिलन लामाको समुह तेस्ता जुवा अखडाका ग्राहक भएको स्रोत बताउँछ । मानबतस्करी कुवँर, लामा र बुढाथोकीले जुवा खेल्ने जुवाडे भेला पार्ने र अमर तमाङ, राम लामाले खेल्ने ठाउँको चाँजोेपाँजो मिलाउँने गरेको जुवाडेहरु बिच चर्चा चल्न थालेको छ । 

व्यापारी यज्ञ भण्डारीले कुपण्डोलस्थित ईप्मपेरियल अपान्टमेन्टको दश तलामा जुवा खेलाउँदै आएका छन् । भण्डारीले उक्त अपान्टमेन्ट अबैध धन्दा र जुवा खेलाउँनकै लागी लिएको स्रोत बताउँछ । मेडीकल सम्बन्धी सामन सप्लाई गर्दै आएका भण्डारीले जुवा खेलाएरै गत तिहारमामात्र करोडौ रुपैंया असुलेको स्रोत बताउँछ । भण्डारीको जुवा अखडामा चन्दन तस्करी नारण पौंडेलले जुवाडेहरु भेला गर्दै आएका छन् । पौंडेलले शनिवार आफ्नै घरमा जुवा खेलाएर करोडौं रुपैंया जितेको स्रोत बताउँछ । 

प्रहरीको आँखा छल्न जुवाडेहरुले अपाटमेन्ट र रिसोट छाडेर केहिले आफ्नो पावरको आडमा घरमै पनि बषैंदेखी जुवा अखडा सञ्चाल गर्दै आएका छन् । यसरी जुवा अखडा सञ्चालन गर्नेमा डिल्लीबजारका प्रभु शमशेर राणा अग्र पङतीमा आउछन् । राणाले डिल्लीबजार कालीकास्थानस्थित आफ्नै घरमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गत दशैदेखि तिहारसम्म एक महिनाको अबधिमा सो जुवा घरमा एक अर्ब बराबरको हारजित भएको जुवाडेहरुबीच चर्चा छ । हिजोआज पनि मोबाईल शैलीमा सो अखडा सञ्चालन हुने गरेको स्रोत बताउछ । महानगरीय प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले राजधानीमा हुने जुनसुकै अपराध नियन्त्रण गर्न आफूले कुनैपनी कसर बाँकी नराख्ने बताएपनि जुवा अखडाभने नियन्त्रण गर्न सकेका छैन्न । 

। उता बिगत ५ बर्षदेखि सञ्चालित राणाको जुवाघरको बारेमा नेपालका सबै प्रहरीलाई सूचना भएपनि कसैले छापामार्ने आँट गरेको छैन । बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडी मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टपटेनमा पर्छ । उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु जुवाका पारखी भएको स्रोत बताउँछ । बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । 

राजधानीमा लामो समयदेखि जुवा खेलाउँदै आएका राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले पटकपटक छापा मारेपनि लामा भने फुत्किदै आएका छन् । जुवाघरका सञ्चालक लामा लामो समयदेखि राजधानीमा जुवा खेलाउँदै आएका व्यक्ति हुन् । प्रहरी र सेनाका अधिकृतको घर भाडामा लिएर जुवा अखडा सञ्चाल गर्ने सिन्धुपाल्चोकका नारण खड्कापनि जुवा अखडा थाप्नेमा टप फाईपमा पर्छन । कमलपोखरीका किरण गौतमलेपनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गत बर्ष उनको कमलपोखरी अखडामा प्रहरीले जुवा खेलाएको भन्दै उनलाई समेत पक्राउ गरिएको थियो ।

Post a Comment

0 Comments