Subscribe Us

रिमोटबाट तेल ठगी गर्ने पेट्रोल पम्पका सञ्चालक प्रहरी फन्दामा

काठमाडौं  । पेट्रोल पम्पमा रिमोटबाट  चल्ने यन्त्र जडान गरेर उपभोक्ता ठगी गर्दै आएका उपत्यकका १७ वटा पम्पका सञ्चालक, कर्मचारी तथा रिमोट जडान गर्ने भारतीय ५ मिस्त्री पक्राउ परेका छन । महानगरीय अपराध महाशाखा टेकुले यस्ता पम्पका सञ्चालक र कर्मचारी तथा रिमोट जडान गर्ने भारतिय मिस्त्रीलाई पक्राउ गरेको हो । 

महाशाखाले गरेको बिषेश अप्रेशनबाट उपत्यककाकोे अधिकांस पम्पले बिभिन्न अबैध तरीकाबाट उपभाक्ता ठगी गर्दै आएको खुलासा भएकोे हो । पेट्रोल पम्पहरूले रिमोट जडान गरी ठगी गर्ने गरेको गोप्य सुचनाको आधारमा महाशाखाको टोलीले आईतवार र सोमवार पम्पमा छापा मारेको थियो । 

पक्राउ गरेका ५ जना मिस्त्रीमध्ये ४ जना भारतीय नागरिक भएको महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी पम्प सञ्चालक र रिमोट जडान गर्ने मिस्त्रीलाई सार्वजानिक गरेको छ । डिजीटल पम्पमा जडित उक्त रिमोट सिस्टमको यन्त्रले १०० लिटर तेल झार्दा २ देखि ४ लिटरसम्म कम तेल झार्न मिल्ने गरी मिशिन जडान गरेकोे महाशाखाका एसएसपी सर्बेन्द्र खनालले बताएका छन । 

देशका विभिन्न स्थानमा विगत २५ वर्ष देखि अवैध तवरले पेट्रोल पम्पहरुमा भारतिय गिरोहको सहयोगमा पम्पका सञ्चालकले यस्ता मिशिन जडान गरी ठगी गर्दै आएको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । तेलको मात्रा र नाप कम गर्ने उपकरणहरु (रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन) जडान गर्ने भारतीय गिरोहलाई केही दिन अघि महाशाखाले पक्राउ गरेपछि उपत्यकाको पम्पहरुमा यस्ता मेशिन जडान गरी ठगी गर्ने गरेको सुचना महाशाखाले पाप्त गरेको थियो ।   

पक्राउ पर्ने भारतीय मिस्त्रीमा बिहार मोतीहारीका ४४ वर्षीय नसिम सिद्दिकी, गोरखपुरका अयोब आलम र मोतीहारीकै मिन्टू भन्ने हमिद हुसेन र बिहार मोतीहारीकै मोहम्मद अबरार रहेका छन् । भने भारतीयहरूको टोलीसँगै रौतहट कनकपुरका नेपाली नागरिक सेख इम्तिहाजलाई पनि उनिहरुसँग मिलेर पम्पमा रिमोट जडान गर्दै आएका थिए । 

उनीहरूको सूचनाकै आधारमा प्रहरीले यस्तो यन्त्र जोडेर उपभोक्ता ठग्ने १९ वटा पेट्रोलपम्पमा छापा मारेर ७ जना सञ्चालकसहित विभिन्न उपकरण नियन्त्रणमा लिन सफल भएको महाशाखाले जनाएको छ । पक्राउ परेकामध्ये मोतीहारीका ४४ वर्षीय सिद्दिकी २५ वर्षदेखि मेनुयल पम्पहरुमा काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले सिद्दिकीका साथबाट १ थान रिमोट रिसिभर, १ थान पल्सर एसेम्ली र रिमोट, १ थान पल्सर कार्ड र रिमोट रिसिभर बरामद गरेको छ । 

त्यसैगरी, गोरखपुरका ३५ वर्षीय आयुव आलम १० वर्षदेखि डिजिटल पेट्रोल पम्पहरुमा काम गर्दै आएका थिए । हाल उनी बालकुमारी बस्दै आएको प्रहरीले जनाएको छ । आलमका साथबाट प्रहरीले २६ थान रिमोट रिसिभर, १७ थान सेन्सर बक्स, ७ थान सेन्सर बक्स, ४ थान डिभाइस, २ थान रिसिभर जोडिएका डिभाइस, १ थान डिस होल्डर पम्प बरामद गरेको छ । उपत्यकाका यी पेट्रोलपम्पहरुले  कहिलेदेखि उपभोक्ता ठगी गर्दै आएका थिए भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

नापतौल तथा गुणस्तर ऐन २०२५ र नियमावली २०२७ को धारा ३० (१) अनुसार नापतौलमा ठूलो ठगी गरेमा सामानको जफत र जम्मा १ हजार रुपैयाँसम्मको जरिवाना हुने कानूनी प्राबधान छ । फितलो कानूनकोे फाईदा उठाउँदै उनिहरुले ठगी गर्ने गरेको प्रहरीको दाबी छ । पक्राउ परेका पम्पका सञ्चालक तथा मिस्त्रीलाई प्रहरीले कालोबजारी तथा ठगी ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका पम्पका सञ्चालक तथा मिस्त्रीलाई आवश्वक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपूर र भक्तपूर पठाएकोे महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments